पाल्पा ।
पूर्वराजा ज्ञानेन्द्र शाहले अहिले मुलुकको परिस्थिति अप्ठ्यारो अवस्थामा रहेको बताएका छन् । मुलुकको अहित चाहनेहरूले विभिन्न चलखेल गरिरहेको उनले दाबी गरेका छन् ।
धार्मिक भ्रमणमा तानसेन आएका पूर्वराजा शाहले बिहीबार तानसेनस्थित श्री ७ रणउजिरेश्वरी भगवतीमा पूजाआरधना गरेपछि यस्तो बताएका हुन् । ’पछिल्लो समयमा आसुरी अर्थात् राक्षसी शक्तिको बाहुल्यता बढेको छ’ उनले भने’ सबै एकजुट भएर पराजित गरेर भगाउनुपर्छ । आशा छ, यसबाट हामी सबै नेपालीले छुटकारा पाउने छौँ ।
यद्यपि सबै जागरुक हुनुपर्नेमा उनले जोड दिए ।’ हामी सबै नेपाली एक ढिक्का भएर बस्नुपर्छ । सबै नेपालीको सम्बन्ध भाइचाराको बन्नुपर्छ’ उनले थपे’ जहिले पनि यसको लागि मैले प्राथना गरिरहेको छु ।’
अहिलेको परिस्थिति अलि अप्ठेरो अवस्थामा रहेको आफूलाई महसुस भएको उनले बताए । त्यसले आफ्नो मनभित्र राष्ट्रप्रतिको राष्ट्रियता जगाएको उनी बताउछन् ।’ त्यसको रक्षा हमी सबै मिलेर गर्नुपर्छ’ पूर्वराजा शाहले भने ।
जबसम्म देशमा शान्ति हुँदैन तबसम्म सबै नेपाली ढुक्क भएर बाँच्न नपाइने उनले बताए । मुलुकमा सबै बाँच्न पाउने गरी शान्ति स्थापना गर्न जस्तोसुकै परिस्थिति भए पनि नेपाली एक ढिक्का भएर लाग्नुपर्ने पूर्वराजा शाहको भनाइ छ ।
१९ मंसिर २०७६ बिहिबार ००:००
0
Shares
प्रतिक्रिया