८ मंसिर २०८१, शनिबार | Sat Nov 23 2024

साग महिला फुटबलः नेपाल फाइनलमा, उपाधिका लागि भारतसँग खेल्ने



कास्की ।
नेपाली फुटबल टोली १३ औं दक्षिण एसियाली खेलकुदको महिला फुटबलको फाइनलमा पुगेको छ । अब उपाधिका लागि नेपालले भारतसँग खेल्ने भएको छ । नेपालले पोखरा रंगशालामा भएको खेलमा सावित्रा भण्डारीको ह्याट्रिकमा माल्दिभ्सलाई ३-० ले हरायो । यो जितपछि नेपाल लगातार तेस्रो पटक साग महिला फुटबलको फाइनलमा पुगेको छ ।
खेलको १८ औं मिनेटमा पहिलो गोल गर्दै सावित्राले अनु लामाको सर्वाधिक गोलको रेकर्डलाई तोडेकी थिइन् । त्यसपछि उनैले २२ औं मिनेटमा दोस्रो गोल गर्दै नेपालको अग्रता २-० मा पुर्‍याइन् । पहिलो हाफमा २ गोलको अग्रता बनाएको नेपालले दोस्रो हाफमा एक गोल थप्यो । सावित्राले इन्जुरी समयको पहिलो मिनेटमा पेनाल्टीमार्फत गोल गर्दै ह्याट्रिक पूरा गरिन् भने टिमलाइ तीन-शुन्यको जित दिलाइन ।
भारतले यसअघि नै फाइनलमा स्थान पक्का गरिसकेको छ । तेस्रो पटक नै नेपाल र भारतबीच साग महिला फुटबलको फाइनल हुने भएको छ । यसअघि सन् २०१० र २०१६ मा यी दुई टोली नै फाइनलमा भेट भएको थियो । १२औँ सागमा फाइनलमा भारतले नेपाललाई ४-० ले हराएको थियो ।

प्रकाशित मिति : १९ मंसिर २०७६ बिहिबार ००:००  ५ : ०५ बजे