मायादेवी अनलाइन, वाणगंगा ।
११ औं कपिलवस्तु महोत्सवको उद्घाटनका लागि कपिलवस्तु आउनुभएका पूर्व प्रधानमन्त्री माधव कुमार नेपाल विहानै देखि विभिन्न कार्यक्रममा व्यस्त हुनुहुन्छ । नेकपाका वरिष्ठ नेता समेत रहनुभएका नेपाल विहान राजापानीमा नेकपा कपिलवस्तुले आयोजना गरेको कार्यक्रममा सरिक हुनुभयो । त्यहाँ नेकपाका केन्द्रिय, जिल्ला र क्षेत्रियस्तरका नेता तथा कार्यकर्ताको उपस्थिती रहेको थियो । उक्त अवसरमा पार्टी र सरकारले गरेका कामको बारेमा व्रिफिङ गर्नुभएको थियो ।
लगत्तै नेपाल कपिलवस्तुकै पर्यटकीय स्थल राजापानीको अवलोकनमा निस्किनुभएको थियो । त्यहाँ नेता नेपालले पर्यटकीय स्थलमा अवलोकन गर्नुभएको थियो भने राजापानी सामुदायिक बनका अध्यक्ष ढाकाराम अधिकारीले यहाँको बारेमा जानकारी दिनुभएको थियो ।
त्यसपछि नेता नेपालले वाणगंगा नगरपालिकाको वडा नं. ८ मा नेपालकै ठूलो बुद्धको मूर्ती राख्ने भनिएको स्थानको अवलोकन गर्नुभएको छ । बन क्षेत्रमा पर्ने उक्त स्थानमा बुद्धको मूर्ती राख्ने नगरपालिकाले निर्णय गरिसकेको छ । बन क्षेत्र पर्ने भएकोले मन्त्री परिषद स्तरीय बैठकबाट स्विकृती लिनुपर्ने हुन्छ । उक्त स्थानको नेता नेपालले अवलोकन गर्नुभएको छ ।
नेता नेपाल दिउँसो १ बजे ११ औं कपिलवस्तुको उद्घाटन गर्न बुद्धरंगशाला पुग्नुहुने छ । देशको शक्तिशाली पार्टीका प्रभावशाली नेताको उपस्थितीमा महोत्सवको उद्घाटन हुने भएपछि यस क्षेत्रका नागरिक खुसी देखिएका छन ।
प्रतिक्रिया