७ मंसिर २०८१, शुक्रबार | Sat Nov 23 2024

११ औँ कपिलवस्तु महोत्सव आजबाट सुरु हुँदै, उद्घाटनको लागि पूर्व प्रधानमन्त्री नेपाल कपिलवस्तुमा



मायादेवी अनलाइन, वाणगंगा ।
११ औँ कपिलवस्तु महोत्सव आजबाट सुरु हुँदै छ । बुद्ध रंगशाला बाणगंगा ४ जितपुरमा हुने महोत्सवको सम्पूर्ण तयारी पुरा भए पछि आज सुरु हनु लागेको हो । बाणगंगा स्पोर्टट्स एण्ड वेलफेयर सोसाइटीले युवा क्षमतामा अभिवृद्धि, पर्यटन र कृषिमा समृद्धि भन्ने मूल नारा तय गरेर एघारौँ महोत्सव आयोजना गरेको छ ।
वेलफेयरका अध्यक्ष तथा महोत्सव मूल समारोह समितिका संयोजक राजकुमार खाँणले दिउसो १ बजे पूर्व प्रधानमन्त्री तथा नेकपाका वरिष्ठ नेता माधव कुमार नेपालले उद्घाटन गर्नु हुने छ । उद्घाटनमा यस क्षेत्रका पूर्व मन्त्रीहरु, संघीय तथा प्रदेश सांसद जनप्रतिनिधि लगायतको सहभागिता रहने खाँणले जानकारी गराउनु भयो । उद्घाटनको लागि पूर्व प्रधान मन्त्री आउने भएपछि सुरक्षा ब्यवस्था पनि कडा पारिएको आयोजकले बताएको छ । उद्घाटनको लागि भन्दै हिजो नै पूर्व प्रधानमन्त्री नेपाल बुटवल आइपुग्नु भएको छ । उहाँ आज विहान कपिलवस्तुमा आफ्ना नेता तथा कार्यकर्तासंग भेटघाट गर्ने र केहीछिन राजापानीमा प्रशिक्षण दिने जनाइएको छ । त्यसपछि उहाँ उद्घाटनको लागि महोत्सव स्थलमा आइपुग्नु हुने महोत्सवका निर्देशक दिनेश क्षेत्रीले बताउनु भयो । पूर्व प्रधानमन्त्री आउने भएपछि सुरक्षा वयवस्था पनि निकै कडा पारिएको छ ।
कार्यक्रम पूर्व बाजागाजासहित सांस्कृतिक झाँकी झल्कने खालका प्रस्तुतिसहित र्यालीको आयोजना गरिएको महोत्सवका निर्देशक तथा क्लवका महासचिव दिनेश क्षेत्रीले जानकारी दिनुभयो । विहान १० बजेपछि सुरु हुने र्यालीमा स्थानीय आमा समुह, भजन मण्डली, विद्यालयका द्यिार्थी, धार्मिक तथा सामाजिक संघ संस्थाहरु लगायतले बिभिन्न भेषभूषा झल्कने खालका प्रस्तुतिहरु पस्कने उहाँले मायादेवी अनलाइनसंग बताउनु भयो ।

प्रकाशित मिति : १९ मंसिर २०७६ बिहिबार ००:००  ६ : ५९ बजे