७ मंसिर २०८१, शुक्रबार | Sat Nov 23 2024

शोकमा डुब्यो इस्मा, गाउँपालिकामा आज सार्वजनिक बिदा



गुल्मी ।
बागलुङको भीमगिठेमा मंगलबार भएको दुर्घटनामा १४ जना गुमाएको गुल्मीको इस्मा गाउँपालिकाले बुधबार सार्वजनिक बिदा दिएको छ ।
मंगलबारको घटनाप्रति दुःख ब्यक्त बुधबार गाउँपालिकाभरका सरकारी कार्यालयहरूमा सार्वजनिक बिदा दिइएको इस्मा गाउँपालिकाको कार्यालयले जनाएको छ ।
मंलवार बिहान जिल्लाको इस्मा गाउँपालिका वडा नम्बर–४ कल्याराबाट बागलुङको निसीखोलातर्फ जाँदै गरेको ग १ ज ५२१९ नम्बरको जिप बडिगाड गाउँपालिका–७, भीमगिठेमा दुर्घटना भएको थियो ।
जसमा कूल पूजाका लागि जाँदै गरेका कार्की परिवारका १४ जनाको मृत्यु भएको थियो भने ३ जना गम्भीर घाइते भएका छन् । घाइतेको अहिले काठमाडौंमा उपचार भइरहेको छ ।

प्रकाशित मिति : १८ मंसिर २०७६ बुधबार ००:००  १२ : ५९ बजे