मायादेवी अनलाइन, वाणगंगा ।
कपिलवस्तुको वाणगंगा नगरपालिका वडा नम्बर ७ ले आयोजना गरेको बृहत निःशुल्क आँखा शिविरमा ३ सय ६५ जनाले आँखाको परिक्षण गराएका छन् । वडा नम्बर ७ को आयोजनामा जनचेतना निमावि बनगाईको प्रांगणमा भएको निःशुल्क आँखा शिविरमा वडा नम्बर ७ संगै, वडा नम्बर ५, ६, ८ र ९ का स्थानीयले पनि आँखाको जाँच गराएका हुन् । जसमध्ये ५१ जनामा मोतियाबिन्दु देखिएको छ ।
मोतियाविन्दुभएका ५१ जनाकै वडा नम्बर ७ ले निःशुल्क अप्रेशन गर्ने भएको छ । बुधबार मोतियाबिन्दु देखिएका ५१ जनालाई नै निःशुल्क बस मार्फत बुटवल लगेर अप्रेशन गरिने वडा अध्यक्ष विष्णु गिरीले मायादेवीलाई जानकारी दिनुभयो । निःशुल्क शिविरको उद्घाटन गर्दै वडा अध्यक्ष गिरीले वडा भित्र र बाहिर रहेका गरिव, विपन्न, अशक्त वर्गलाई स्वास्थ्यको पहँुचमा पुर्याउन शिविरको आयोजना गरिएको बताउनुभयो ।
उहाँले स्वास्थ्य सेवाबाट बन्चित वर्गलाई लक्षित गर्दै आगामी दिनमा पनि वडाले स्वास्थ्य सम्बन्धी विभिन्न कार्यक्रम गर्ने बताउनुभयो । वडाले आयोजना गर्ने निःशुल्क स्वास्थ्य शिविरमा गई स्वास्थ्य लाभ लिन वडा अध्यक्ष गिरीले सम्पूर्णमा आग्रह गर्नुभएको छ । निःशुल्क आँखा शिविर नेपाल नेत्र ज्योती संघ बुटवल, लायन्स आखा अस्पताल र रण अम्बिका आँखा अस्पतालको प्राविधिक सहयोगमा भएको हो । शिविरमा सोही अस्पतालकाट विशेषज्ञ सहितको ७ जनाको टोलीले आँखा परिक्षण गरेको थियो । शिविरको सञ्चालन नेत्र ज्योती संघका सहजकर्ता अधिवक्ता बाबु नेपालले गर्नुभएको थियो ।
१७ मंसिर २०७६ मंगलबार ००:००
0
Shares
प्रतिक्रिया