७ मंसिर २०८१, शुक्रबार | Sat Nov 23 2024

महिला फुटबलमा नेपालको विजयी सुरुवात



काठमाण्डौं ।
१३ औँ दक्षिण एसियाली खेलकुद ९साग० अन्तर्गत महिला फुटबलमा नेपालले विजयी सुरुवात गरेको छ । श्रीलंकाविरुद्धको पहिलो खेलमा नेपाल एक–शून्य गोलले विजयी भएको हो ।
नेपालका लागि अनिता केसीको पासमा सरु लिम्बूले ८६ औँ मिनेटमा गोल गरेकी हुन् ।
जितसँगै नेपालले पहिलो खेलमा ३ अंक जोडेको छ ।
महिला फुटबल अन्तर्गत मंगलबार भारत र माल्दिभ्सबीच खेल हुनेछ । अब नेपालले बिहीबार माल्दिभ्ससँग खेल्नेछ ।

प्रकाशित मिति : १७ मंसिर २०७६ मंगलबार ००:००  १ : ०४ बजे