७ मंसिर २०८१, शुक्रबार | Sat Nov 23 2024

पूर्व राजा ज्ञानेन्द्र कपिलवस्तु आउने भएपछि राजनीतिक बृत्त तरङ्गीत



मायादेवी अनलाइन, वाणगंगा ।
एक साते पश्चिम नेपालको धार्मिकस्थलको भ्रमणमा निस्किनुभएका पूर्व राजा ज्ञानेन्द्र शाह सोमबार रुपन्देहीका विभिन्न मठमन्दिरको दर्शन गर्नुभएको छ । आइतबार रुपन्देहीको भैरहवा आउनुभएका पूर्व राजा शाहले सोमबार रुपन्देहीको पर्रोहा बोलबम धामको अवलोकन गर्नुभएको छ । पूर्व राजा शाहको धार्मिक भ्रमण अगाडी सार्वजनिक गरिएको विज्ञप्ति अन्तर्रगत मंगलबार मर्चवारीमाई मन्दिर मर्चवारको भ्रमण गर्ने कार्यतालिका रहेको छ भने मंसिर १९ गते पाल्पाको तानसेनस्थित भगवती मन्दिर दर्शकको लागि निस्किनुहुने छ ।
विभिन्न जिल्लाको भ्रमण पश्चात मंसिर २० गते शुक्रबार पूर्व राजा शाह कपिलवस्तुको गोरुसिंगेमा आउनुहुने भएको छ । उहाँले गोरुसिंगेमा रहेको पशुपति मन्दिर गोरुसिंगेमा दर्शन गर्ने कार्यक्रम छ । उहाँको भ्रमण पछि राजनीति बृत्तमा विभिन्न चर्चा उठ्न थालेको छ । लामो धार्मिक भ्रमणको उद्धेश्य प्रति राजनीतिक दलका नेताहरुले विभिन्न अड्कनबाजी काट्न थालेका छन् ।
नागरिकस्तरमा भने पूर्व राजा कपिलवस्तु आउनु हुने भएपछि भेट्न जाने इच्छा व्यस्त गरेका छन् । वाणगंगाका खेमराज भुसालले पूर्व राजालाई भेट्ने ठूलो धोको रहेको बताउनुभयो ।
यता पूर्व राजा वाणगंगाको नन्दनगरस्थित कैलाश आश्रममा आउने पनि चर्चा चलेको थियो । यस विषयमा छलफल भैरहेको कैलाश आश्रम व्यवस्थापनका सरोकारवालाले बताएका छन् । कपिलवस्तुको भ्रमणपश्चात मंसिर २१ गते पूर्व राजा शाह पाल्ही भगवती मन्दिर नवलपरासीको दर्शन गर्ने कार्यतालिका रहेको बताइएको छ ।

प्रकाशित मिति : १७ मंसिर २०७६ मंगलबार ००:००  ७ : ०७ बजे