७ मंसिर २०८१, शुक्रबार | Sat Nov 23 2024

भोलि वाणगंगाका सबै सामुदायिक विद्यालय बन्द हुने



मायादेवी अनलाइन, वाणगंगा ।
कपिलवस्तुको वाणगंगा नगरपालिकाका सबै सामुदायिक विद्यालय भोलि (आइतबार) बन्द हुने भएका छन् । वाणगंगा ३ भक्तौलीमा रहेको नवदुर्गा भवानी माविमा कार्यरत शिक्षक ९गणित निमावि राहत० प्रदीप कुमार कहारको निधन भएकोले शोक स्वरुप मंसिर १५ गते आइतबार (भोलि) एक दिनको लागि सामुदायिक विद्यालय बन्द हुने शिक्षक महासंघ वाणगंगाले जनाएको छ ।
मायादेवी गाउँपालिका वडा नं. १ पकडी निवासी ४० बर्षीय कहारको उपचारको क्रममा भारतको गोरखपुरमा निधन भएको शिक्षक महासंघका नगर अध्यक्ष अर्जुन शाहीले मायादेवी अनलाइनलाई जानकारी दिनुभयो । शुक्रबार सकुशल कक्षामा अध्यापन गराउनुभएका कहार कक्षामै अकस्मात पल्टिए पछि उपचारका लागि गोरखपुर लगिएको थियो ।
यसैबीच शिक्षक कहारको निधनको शोकमा महासंघले आइतबार शोकसभा गर्ने भएको छ । शोक सभामा उपस्थित हुन महासंघले नगरका सबै शिक्षकहरुलाई आग्रह गरेको छ ।

प्रकाशित मिति : १४ मंसिर २०७६ शनिबार ००:००  ६ : ३३ बजे