मायादेवी अनलाइन, चन्द्रौटा ।
नेपाली कांग्रेस कपिलवस्तुमाथि निर्वाचन आचारसंहिता बिपरित काम गरेको आरोप लागेको छ । मतदानस्थलको जताततै पार्टीको झण्डा र चुनाव चिन्ह राखिएको भन्दै कांग्रेसमाथि यस्तो आरोप लागेको हो ।
कांग्रेसले निर्वाचन आचारसंहिता विपरित काम गरेपनि सम्बन्धित निकायले केही नगरेको विपक्षीले आरोप लगाएका छन् ।
कपिलबस्तुको शिवराज नपा १० मा वडाध्यक्ष पदका लागि निर्वाचन भैरहेको छ । सितालापुर बुथमा निर्बाचन आचारसंहिता बिपरीत कांग्रेसले अन्दाजी ५० मिटर भित्र बिद्यालयको कम्पाउण्ड नजिकै चुनाव चिन्ह, झण्डा र चियापान गरी निर्बाचनमा मतदातालाई प्रभावित पारिरहेको परिदृश्य देखिएको छ ।
यस विषयमा निर्बाचन आयोग र सुरक्षा निकाय मौन रहेको आरोप छ । मतदानका दिन निर्बाचन बुथको ३ सय मिटर वरिपरी निर्वाचनलाई प्रभाबित गर्ने गरी चुनाव चिन्ह झण्डा राख्न नपाईने आचार संहिता छ ।
१४ मंसिर २०७६ शनिबार ००:००
0
Shares
प्रतिक्रिया