मायादेवी अनलाइन, चन्द्रौटा ।
कपिलवस्तुको शिवराज नगरपालिका वडा नं. १० मा ७० प्रतिशत मत खसेको छ । विहान ७ बजेदेखि सुरु भएको मतदान साँझ ५ बजेसम्म चल्ने छ । दिउँसो १ बजेसम्म ७० प्रतिशत मत खसेको मुख्य निर्वाचनको कार्यालयले जनाएको छ ।
२०७४ सालको स्थानीय तहको निर्वाचनमा स्वतन्त्रको तर्फबाट वडाध्यक्ष बनेकी शकुन्तला भारतीको निधन भएपछि रिक्त रहेको पदमा आज उपनिर्वाचन भएको हो । वडाध्यक्ष पदका लागि हुने निर्वाचनमा सिकेराउत समुहको जनमत पार्टी सहित १२ जनाले उम्मेदवारी दिएका छन् । उम्मेदवारी दिनेमा ५ जना स्वतन्त्र उम्मेदवार रहेका छन ।
वडा नं १० को अध्यक्ष पदका लागि नेपाल कम्युनिष्ट पार्टी नेकपाबाट अदालत मनिहार, नेपाली कांग्रेसबाट देवराज भारती, समाजवादी पार्टी नेपालबाट तीर्थबहादुर रायमाझी, राजपाबाट मञ्जु मिश्र, जनमत पार्टीबाट मोहम्मद हानिफ गद्दी, राप्रपाबाट बलभद्र मिश्र, राप्रपा संयुक्तबाट नुर महोम्मद मनिहार उम्मेदवार छन् ।
यस्तै स्वतन्त्र उम्मेदवारमा शिवभक्त नाउ, शिवनारायण कुर्मी, रामप्रसाद कोरी र मोहम्मद रफिक मनिहार चुनावी मैदानमा छन् ।
वडाका दुई स्थानलाई मतदानस्थल तोकिएको छ भने तीन वटा क्षेत्रमा मतदान केन्द्र राखिएको छ । जिल्ला निर्वाचन कार्यालय कपिलवस्तुका अनुसार लालपुर र शितलापुर गरि दुई आधारभुत विद्यालयलाई मतदानस्थल तोकिएको छ भने मतदान केन्द्र भने तीन वटा निर्धारण गरिएको छ ।
चुनावमा २ हजार ७२ जना मतदान गर्न पाउनेछन । जसमा ९ सय ४ जना शितलापुर र १ हजार १ सय ६८ जना लालपुर केन्द्रका मतदाता छन् । निर्वाचन शान्त वातावरणमा भैरहेको बताइएको छ ।
प्रतिक्रिया