१० मंसिर २०८१, सोमबार | Mon Nov 25 2024

प्यूठानमा एम्बुलेन्स दुर्घटना हुँदा एक जनाको मृत्यु



प्यूठान ।
शुक्रबार प्यूठानमा एबुलेन्स दुर्घटना हुँदा १ जनाको मृत्यु हुनुकासाथै ४ जना घाइते भएका छन् । ऐरावती गाउँपालिकाको बरौलाबाट धुवाङ जाँदै गरेको धुवाङ स्वास्थ्य चौकीको रा १ च ७६४ नम्बरको एम्बुलेन्स शुक्रबा राति खोलामा खसी दुर्घटना भएको हो । गम्भीर घाइते भएका ऐरावती–५ जाडीका २८ वर्षीय रेशम थापाको मृत्यु भएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार घाइते मध्ये धुवाङकै प्रदिप थापा, होतराज थापा, खेमराज थापालाई थप उपचारका लागि बुटवल रिफर गरिएको छ भने लक्ष्मण थापाको प्यूठान अस्पतालमा उपचार भइरहेको छ । एम्बुलेन्स सडकबाट करिव पाँच सय मिटर तल खोलामा खसेको छ ।

प्रकाशित मिति : १४ मंसिर २०७६ शनिबार ००:००  ९ : ०४ बजे