दाङ ।
उपनिर्वाचनको लागि दाङमा मतदान सुरु भएको छ । निर्वाचन क्षेत्र नम्बर ३ (ख) को प्रदेशसभा सदस्य र घोराही उपमहानगरपालिका वडा नं. १६ को वडाअध्यक्ष पदका लागि मतदान सुरु भएको हो । शनिबार बिहान सात बजे बाटै नै सबै मतदान केन्द्रमा मतदान सुरु भएको मुख्य निर्वाचन अधिकृत रितेन्द्र थापाले जानकारी दिए ।
३ (ख) को प्रदेश सभा सदस्यका लागि १२ राजनीतिक दल सहित १४ जना उम्मेदवार प्रतिस्पर्धामा रहेका छन् । भने घोराही १६मा २ स्वतन्त्र सहित ७ जना प्रतिस्पर्धामा छन ।
उपनिर्वाचनका लागि ३४ वटा मतदान स्थल तोकिएको छ । जसका लागि ७३ हजार मतदाता छन्।घोराही १६ मा ४ हजार ४ सय र प्रदेश सभामा ६९ हजार मतदाता रहेका छन् । उपनिर्वाचनका लागि जिल्लाको सुरक्षा व्यवस्था कडा पारिएको छ । निर्वाचन क्षेत्र भरी यातायात आवागमन समेत बन्द गरिएको छ ।
मुख्य निर्वाचन अधिकृत ऋतेन्द्र थापाले प्रदेशमा १४ जनाको उम्मेदवारी परेको बताए । प्रदेश सभा सदस्यका लागि नेकपाबाट बिमलाकुमारी खत्री, नेपाली कांग्रेसबाटा केशवराज आचार्य, राप्रपाबाट भुपाल रावत, राप्रपा संयुक्तबाट छोटीलाल चौधरी, समाजबादी पार्टीबाट डिल्लीबहादुर डाँगी प्रतिस्पर्धामा छन ।
त्यसै गरेर नेकपा मालेका हरिप्रसाद डाँगी, नेपाल मजदुर किसान पार्टीबाट सुरेश परियार, राष्ट्रिय जनमुक्ति पार्टीका धनराज सुनार, मंगोल नेशनल अर्गनाजेसनका घनश्याम चौधरी, साझा पार्टीका शिवकुमार चौधरी, नेपाली कांग्रेस (वीपी) का दिपक धिताल, नेपाल लोकतान्त्रीक पार्टीका झरेन्द्ररबहादुर खत्री, स्वतन्त्रबाट टीकाराम आचार्य र गोबिन्द केसी चुनावी मैदानमा छन ।
१४ मंसिर २०७६ शनिबार ००:००
0
Shares
प्रतिक्रिया