एजेन्सी । नेपाली महिला भलिबल टोलीले १३ औं साग अन्तर्गत महिला भलिबलको सेमिफाइनलमा श्रीलंका प्रतिद्वन्द्वी पाएको छ । नेपाल समूह ‘ए’ उपविजेता तथा श्रीलंका समूह ‘बी’ को विजेता हो ।
बुधबार श्रीलंकाले माल्दिभ्सलाई ३–० को सोझो सेटमा पराजित गरेपछि श्रीलंका एक खेलबाटै समूह विजेता बनेको हो । एकपक्षीय खेलमा श्रीलंकाले माल्दिभ्समाथि २५–१५, २५–१८ र २५–१४ को सोझो सेटमा जित निकाल्यो । समूह ‘बी’ मा पाकिस्तान नआएपछि दुवै टोलीे वाकओभरबाट ३ अंक पाएको थियो ।
शनिबार हुने सेमिफाइनलको पहिलो खेलमा समूह ‘ए’ को विजेता भारत र समूह ‘बी’ को उपविजेता माल्दिभ्सबीच साँझ ५ बजे खेल हुनेछ । दोस्रो सेमिफाइनलमा नेपाल र श्रीलंकाबीच साँझ ७ बजे खेल हुनेछ । भारतले प्रतियोगिताको दुवै खेल सोझो सेटमा जित्दै समूह विजेताको रुपमा अन्तिम चारमा स्थान बनाएको हो । यता अर्को समूहमा पाकिस्तान सहभागी नहुँदा श्रीलंकाले माल्दिभ्सलाई हराउँदै समूह विजेता बन्न सफल भयो ।
पुरुषतर्फ भने नेपाल प्रतियोगिताको समूह चरणबाट नै बाहिरिएको छ । नेपाल रहेको समूह ‘ए’ बाट भारत समूह विजेता र बंगलादेश उपविजेता बने । पुरुषतर्फ अर्को समूहमा श्रीलंका र पाकिस्तानले माल्दिभ्सलाई पराजित गर्दै अन्तिम चारमा स्थान पक्का गरेका छन् । अब यी दुई विजयी टोलीबीच आइतबार हुने खेलले समूह विजेताको टुंगो लगाउनेछ ।
प्रतिक्रिया