१० मंसिर २०८१, सोमबार | Mon Nov 25 2024

चिसो बढ्ने, बच्न मौसमविद्को सुझाव 



काठमाण्डौ । 

अब देशभरिकै तापक्रम क्रमिक रुपमा घट्ने भएकाले चिसोबाट बच्नको लागि पूर्वतयारी गर्न मौसमविद्ले सुझाव दिएका छन् ।बिहान बेलुकी हुस्सु र कुहिरो लाग्ने तथा तराईमा शीतलहर पनि सुरु हुनसक्ने भएकाले सावधानीको लागि पूर्व तयारी गर्न मौसमविद् शान्ति कँडेलले आग्रह गर्नुभयो ।

उहाँका अनुसार सामान्यतया मंसिर १५ पछि बिहान हुस्सु र कुहिरो लाग्ने क्रम बढ्ने भएकाले तापक्रम घटाएर चिसो बढाउँछ । यस्तै तराईमा लगातार घाम नलाग्दा शीतलहर पनि सुरु हुन्छ । शनिबार, आइतबार र सोमबार देशको पहाडी क्षेत्रको मौसम आंशिक बदली भए पनि अरु ठाउँको मौसम सामान्यतया सफा रहने मौसमविद्को अनुमान छ । काठमाण्डौको आज बिहानको तापक्रम ७ डिग्री सेल्सियस मापन गरिएको छ ।

प्रकाशित मिति : १४ मंसिर २०७६ शनिबार ००:००  ८ : २१ बजे