बिष्णु कुमार आले, अर्घाखाँची ।
अर्घाखाँचीको मालारानी वडा नं. ३ को वडा अध्यक्ष पदका लागि शनिबार हुने उप–निर्वाचनको सम्पूर्ण तयारी पुरा भएको छ । निर्वाचन कार्यालयको तर्फबाट आवश्यक सम्पूर्ण तयारी पुरा भएको जनाएको छ । निर्वाचनको मतदान स्थल निर्माण तथा कर्मचारी व्यवस्थापन लगायतका कामहरु पुरा भएको छ ।
निर्वाचनको लागि २ स्थलमा ४ मतदान केन्द्र तोकिएको मुख्य निर्वाचनको कार्यालय गुल्मीले जनाएको छ । आदर्श मावि खनदह स्थलमा क, ख र सुन्दरा मावि सातडाँडा स्थलमा क, ख मतदान गरि ४ मतदान केन्द्र तोकिएको हो । जसको लागि ४ जना मतदान अधिकृत र अन्य सहयोगी गरि १२ जना मतदान स्थलमा खटिएका छन् ।
मतदाताले बिहान ७ बजेबाट बेलुकी ५ बजेसम्म मतदान गर्न पाउने छन् । मतदान पश्चात मतपेटीका मुख्य निर्वाचन अधिकृतको कार्यालय खनदहमै संकलन गरेर शनिबार बेलुकीबाटै मतगणना सुरू हुने जिल्ला निर्वाचन कार्यालय अर्घाखाँचीले जनाएको छ ।
प्रमुख जिल्ला अधिकारी विजयराज पौडेलका अनुसार मतदान स्थलको सुरक्षाको लागि नेपाल प्रहरी १७६ जना, शसस्त्र प्रहरी ११५ र नेपाली सेना २९ जना खटिएका छन् । ढुक्क भएर मतदान प्रक्रियामा सहभागी हुन मतदातालाई पौडेलले आग्रह गरे । निर्वाचन प्रयोजनका लागि पास उपलब्ध गराइएका सवारी साधन बाहेक अन्य निर्वाचनको अबधीभर चलाउन नपाइने प्रमुख जिल्ला अधिकारी पौडेलले बताए ।
चार मतदान केन्द्रमा १४७१ पुरूष १५४० महिला गरि जम्मा ३ हजार ११ मतदाता संख्या रहेको मालारानी तिनमा वडा अध्यक्ष पदका लागि ३ जना उम्मेदवार रहेका छन् । नेपाली काँग्रेसबाट शोभाखर खनाल, नेकपाबाट यमलाल खनाल र राप्रपाबाट रणबहादुर खनाल उम्मेदवार रहेका छन् ।
१३ मंसिर २०७६ शुक्रबार ००:००
0
Shares
प्रतिक्रिया