काठमाडौं ।
प्रधानमन्त्री केपी शर्मा ओलीको मिर्गौला प्रत्यारोपणका लागि मिर्गौला दिन दुई जना नातेदार तयार भएका छन्। प्रधानमन्त्रीकी निजी चिकित्सक डा.दिव्या सिंह शाहका अनुसार मिर्गौला दिन तयार हुनेमा एक पुरुष र एक महिला रहेका छन्।
एपेन्डिसाइटिसको शल्यक्रिया भएका कारण घाउ निको हुन ढिला हुने भएकाले मिर्गौला प्रत्यारोण भने पछि धकेलिएको डा. शाहले बताइन्। ‘मिति तय भएको छैन मिर्गौला दिनका लागि दुई जना आफन्त तयार हुनुहुन्छ’ डा. शाहले भनिन्। अहिलेको शल्यक्रियाका कारण मिर्गौला प्रत्यारोपण धकेलिएको छ। मिर्गौला प्रत्यारोपण कहाँ गर्ने भन्ने टुंगो नलागेको उनले जानकारी दिइन्। अहिले नेपालमै मिर्गौला प्रत्यारोपण हुने भएकाले नेपालमै गर्नेबारे पनि छलफल चलेको डा. शाहले बताइन्।
उपनिर्वाचन लगत्तै मिर्गौला प्रत्यारोपण गर्ने तयारीसहित परामर्श भइरहेको थियो। मिर्गौला प्रत्यारोपणको तयारी हुँदै गर्दा अकस्मात एपेन्डिसाइटिस भएपछि गत मंगलबार त्रिवि शिक्षण अस्पताल महाराजगन्जस्थित मनमोहन कार्डियोथोरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरमा उनको शल्यक्रिया गरिएको हो।
प्रधानमन्त्री ओलीको उपचारमा संलग्न डा. अरुण सायमीले दोस्रो पटक मिर्गौला प्रत्यारोण गर्न लागेकाले निकै जटिल भएको र यस कुरामा आफूहरु संवेदनशील रहेको बताए
। प्रधानमन्त्री जस्तो व्यक्तिको दोस्रो पटक मिर्गौला प्रत्यारोपण गर्ने काम जटिल र गम्भीर विषय हो यसमा सुझबुझपूर्ण निर्णय गरिने छ’ डा. सायमीले भने। दुवै मिर्गौला फेल भएपछि २०६४ सालमा ६ भारतको अपोलो अस्पतालमा ओलीको मिर्गौला प्रत्यारोपण गरिएको थियो। सो समय उनलाई भाइबुहारी अञ्जना घिमिरेले मिर्गौला दिएकी थिइन्। प्रत्यारोपण गरिएको मिर्गौलाले पनि काम गर्न छाडेपछि ५ औं पटक डायलासिस गराइसकेका छन्।
१३ मंसिर २०७६ शुक्रबार ००:००
0
Shares
प्रतिक्रिया