१० मंसिर २०८१, सोमबार | Mon Nov 25 2024

ढुक्क भएर जारको पानी नपिउनु होला !



काठमाडौं ।
‘जारको पानी पिउन योग्य हुन्छ’ भनी ढुक्क भएर नपिउनुहोला, जारको पानी पिउन योग्य नभएको पाइएको छ ।
काडमाडौंका विभिन्न स्थानमा गरिएको अनुगनका क्रममा उत्पादकले न्यूनतम मापदण्ड नै पूरा नगरी बिक्री गर्दै आएको पाइएको हो ।
जिल्ला प्रशासनका कार्यालय (काठमाडौं)को नेतृत्वमा गरिएको अनुगमनका क्रममा यस्तो तथ्य पत्ता लागेको समाचार राजधानी दैनिकमा छ ।
कम्पनीले पिउन योग्य भनी सिलछाप गरको जार र बोतलका पानी परीक्षण गर्दा ५० प्रतिशत पानी पिउन अयोग्य भेटिएको गुणस्तर तथा नापतौल विभागका अधिकृत विशाल जिरेलले भने ।

प्रकाशित मिति : १३ मंसिर २०७६ शुक्रबार ००:००  ८ : १२ बजे