१० मंसिर २०८१, सोमबार | Mon Nov 25 2024

महोत्सवको तयारी तीव्र, मिडिया परिचालन समिति गठन



मायादेवी अनलाइन, वाणगंगा ।
एघारौं कपिलवस्तु महोत्सवलाई प्रचारप्रसार गर्न मिडिया परिचालन समिति गठन गरिएको छ । महोत्सव स्थल बुद्धरंगशालामा रेडियो वाणगंगाका स्टेशन म्यानेजर गणेश पोख्रेलको संयोजकत्वमा सो समिती गठन गरिएको हो ।
७ सदस्यिय उक्त समितीमा वाणगंगा नगरपालिका भित्रका विभिन्न मिडियामा कार्यरत पत्रकार रहेका छन् । समितिले महोत्सवको प्रचार प्रसारका साथै दैनिक रुपमा आ–आफ्नो मिडियाबाट कार्यक्रम तथा समाचार प्रशारण गर्ने छ ।
यहि मंसिर १९ गतेबाट सञ्चालन हुन लागेको महोत्सवको तयारी तीव्र पारिएको छ । अहिलेसम्म मेला स्थलमा स्टल निर्माण, स्टेज, सचिवालय, मूल गेट निर्माण, लगायतका कामहरु तीव्र गतिमा भइरहेको क्लवका अध्यक्ष एवम् मेला मूल आयोजक समितिका अध्यक्ष राजकुमार खाँणले जानकारी दिनुभयो । बाणगंगा स्पोर्टस एण्ड वेल फेयर सोसाइटीको आयोजनामा हुने महोत्सव पौष १ गतेसम्म हुने छ ।
यता महोत्सवकै आकर्षण मानिएको डान्स आइडलको विजेताले १ लाख ११ हजार १ सय ११, द्धितिय हुनेले ६६ हजार ६ सय ६६, तृतीय हुनेले ४४ हजार ४ सय ४४ र चौथो स्थान हासिल गर्नेले २२ हजार २ सय २२ रुपैयाँ सहित बिभिन्न उपहार हरु प्राप्त गर्ने छन् । यसपटक आइडलको प्रकृतिमा केही परिवर्तन गर्ने आयोजकको जनाउ छ ।
भोटिङका कारण धेरै विवाद आउने भएको हुँदा यसपटक डिजिटल भोटिङका बारेमा पनि सल्लाह भइरहेको महोत्सव संयोजक तथा आयोजक बाणगंगा स्पोर्टस एण्ड वेलफेयर सोसाइटीका अध्यक्ष राजकुमार खाँणले जानकारी दिनुभयो ।

प्रकाशित मिति : १२ मंसिर २०७६ बिहिबार ००:००  १० : १६ बजे