१० मंसिर २०८१, सोमबार | Mon Nov 25 2024

११ करोड रकम हिनामिना पछि कपिलवस्तु सहकारी बन्द



मायादेवी अनलाइन, तौलिहवा ।
बैंक सरह काम गर्ने कपिलवस्तुको तौलिहवास्थित कपिलवस्तु बचत तथा ऋण सहकारी संस्था लिमिटेडमा साढे ११ करोडको हिनामिनाको घटना बाहिर आए पछि अर्को सुचना जारी नहुन्जलेका लागि बन्द गरिएको छ । सहकारीको बाहिर भित्तामा टाँसिएको सुचना अनुसार प्राबिधिक कारण सहकारीमा कारोवार बन्द गरिएको जनाईएको छ ।
आर्थिक अनियमितताको घटना बाहिर आए देखि बुधवार देखि नै सहकारी बन्द छ । हिनामिनाको प्रकरण बाहिर आए पछि सहकारीमा रकम निकाल्नेको भिड लाग्ने गरेको छ । तर बुधवार देखि नै सहकारी बन्द हुँदा रकम झिक्न आउनेहरु निराश बनेर फर्कने गरेका छन् ।
सहकारीको रकम हिनामिना गर्ने मुख्य ओरोपी राजेश कान्दु पक्राउ परेका छन । सहकारीका शेयर सदस्यहरुले बुधवार जोहरी दर्ता गराए पछि गुप्तालाई प्रहरीले तौलिहवा बजारबाट फक्राउ गरेको हो ।
गुप्तामाथि सहकारीको एक करोड ४ लाख हिनामिना गरेको आरोप लागेको प्रहरी नायब उपरिक्षक सुनिल मल्लले बताए । सहकारीका कर्मचारी र बचत संकलनकर्ताबाट बचत र कर्जामा कुल ११ करोड ४९ लाख ६ हजार रकम अपचलन भएको हो ।

प्रकाशित मिति : १२ मंसिर २०७६ बिहिबार ००:००  ७ : ३८ बजे