मायादेवी अनलाइन, वाणगंगा ।
सभ्य र शिष्ट नागरिक भए मात्र राष्ट्र बलियो हुने ५ नम्बर प्रदेश प्रमुख धर्मनाथ यादवले बताउनु भएको छ । जुन देशका नागरिक बढी सभ्य, शिष्ट र असल हुन्छन् त्यो देशको राष्ट्रियता बलियो हुने र विकास पनि तीव्र गतिमा हुने उहाँले बताउनु भएको हो ।
जिल्लाको महत्वपूर्ण धार्मिक स्थल बाणगंगा २ नन्दनगरमा आजबाट सुरु भएको श्री ब्रहम्म वैवर्त महापुराण पाठपारायण तथा श्रीमद्भागवत धनधान्याञ्चल महायज्ञको उद्घाटन गर्दै उहाँले धर्म संस्कृतिको संरक्षणविना मुलुक संवृद्ध बन्न नसक्ने बताउनु भयो । नेपाल बहुभाषा, वहुधर्म, वहु संस्कृतिले युक्त मुलुक भएकाले हरेक भाषा र संस्कृतिको संरक्षण गर्नु आम नागरिकको दायित्व भएको उहाँको भनाई छ ।
मुलुक संघीय संरचनामा गई अहिले स्थानीय, प्रदेश र केन्द्रबाट सरकार संचालनको अभ्यास भएकाले सबै सरकारले नेपालको भाषा, धर्म र संस्कृतिलाई जोड दिएको पनि उहाँले बताउनु भयो । प्रदेश प्रमुखमा नियुक्त भएपछि पहिलो पटक सार्वजनिक कार्यक्रममा सहभागि हुनुभएका यादवले निकै छोटो लिखित मन्तव्य राख्नु भएको थियो । यस क्रममा आफू निकै हर्षित भएको बताउँदै उहाँले भन्नुभयो-‘म आज यस श्री व्रहम्म वैवर्त पुराणमा सहभागी हुन पाएकोमा खुसी छु । मैले सुनेको छु यस आश्रमको मुलुकमै निकै ठुलो शाष्त्रिय र वैदिक महत्व छ ।’ यसको विकासमा मेरो पनि सहयोग रहने छ । ’
प्रतिक्रिया