अजय मिश्र, कृष्णनगर ।
कपिलवस्तु जिल्लाको कृष्णनगर नगरपालिका वडा नं ३ लक्ष्मीनगर बाट २४ बोरा प्याज बरामद गरिएको छ। इलाका प्रहरी कार्यालय कृष्णनगर बाट खटिएको मोबाइल टोलीले भन्सार छलि गरि राखेको उक्त प्याज बरामद गरेको हो। पछिल्लो समय प्याजको मूल्य बृद्धि भएकाले प्याज तस्करी सलबलाएको स्थानीय बताउछन्। बरामद गरिएको प्याज आवश्यक कार्यवाहीका लागि भन्सार कार्यालय कृष्णनगर पठाइएको इलाका प्रहरी कार्यालय कृष्णनगरले जानकारी दिएको छ। भन्सार छलि गरिएको उक्त प्याजको अनुमानित मूल्य दुई लाख एक्सठ्ठी हजार रुपया पर्ने इलाका प्रहरी कार्यालय कृष्णनगरका प्रमुख प्रहरी निरिक्षक प्रताप पौडेलले जानकारी दिए।
१२ मंसिर २०७६ बिहिबार ००:००
0
Shares
प्रतिक्रिया