१० मंसिर २०८१, सोमबार | Mon Nov 25 2024

जग्गामा पनि घुस्यो कांग्रेस–कम्युनिष्ट राजनीति, कपिलवस्तु प्रहरीको हस्तेक्षप



मायादेवी अनलाइन, तौलिहवा ।
कपिलवस्तुको एक गाउँमा कांग्रेस–कम्युनिष्टको राजनीति घुसेको छ । जिल्लाको शुद्धोधन गाउँपालिका– ६ बराहामा बिवादीत ८ नम्बर ऐलानी सरकारी जग्गामा कांग्रेस–कम्युनिष्टको राजनीति घुसेको हो ।
दुवै दलका नेताहरुले राजनीति प्रतिष्ठानको विषय बनाएका कारण अन्ततः कपिलवस्तु प्रहरी हस्तक्षेप गर्न बाध्य भएको छ । पटक पटक विवाद मिलाउन कपिलवस्तु प्रशासनको प्रयास विफल भएपछि प्रहरीले ट्याक्टर लगेर जोतेको हो ।
नेपाल प्रहरी र सशस्त्र प्रहरी गरी ७० जना बढी सुरक्षाकर्मीको सुरक्षा घेरामा ३ बिघा, १ कठ्ठा ६ धुरमा ट्याक्टरले जोतेर गहँु रोपिएको छ ।
नेकपा पक्षधर ताराती केवट र का्रंगे्रस निकट रामचन्द्र कुर्मी बीच जग्गाको स्वामित्वमा बिवाद रहदै आएको थियो । सोनमती चाईले मृत्यु हुन पूव धर्मपुत्र बनाएको र सेवा गरे बापत सोनमतीले जग्गा दिएकी थिईन ।
उता रामचन्द्रले २०२७ साल देखि नै सो जग्गा आफुले भोगचलन गरेको र बिवादीत बने पछि गत बर्ष गाउँलेहरुको निर्णय अनुसार त्यहाँ बृक्षारोपण गरिएको बताए । तर सो रुखहरु तारामतीका मान्छेहरुले उखालेर फालेको र त्यस बिरुद्ध अदालतमा मुद्दा समेत दिएको बताउँछन ।
सर्जमिन मुचुल्का पछि गाउँपालिकाकी उप प्रमुख सुधादेबी पाण्डेयकोे अध्यक्षतामा रहेको न्यायिक समितिले सो जग्गा रामचन्द्रको ठहर रहेको लिखित निर्णय गरेकी छिन् । प्रहरी प्रशासनमा लामो सयम देखि सो बिवादका बिषयमा छलफल हुँदा समाधान हुन सकेन । नेकपा र कांगे्रस नेता बीच समेत सो बिषयमा जसरी पनि जोत्ने र जसरी पनि रोक्ने बिषयमा जुंगाको लडाई देखियो ।
अन्ततः प्रहरी प्रशासनले नेकपाका नेताहरुको दवाव कै बिच प्रहरीको हस्तक्षेप पछि जोताई गरायो । सो जग्गा सहीत ८४ बिघामा गाउलेहरुले जोतभोग गर्दै आएका छन् त्यही जग्गामा किन बिवाद भन्ने नेकपा नेता काशिराम यादवले भने ।
उता बिवादीत तथा सरकारी जग्गामा प्रहरी प्रशासनले दमन गरी जबरजस्ती जोताई र रोपाई गरिएको कांग्रेस नेता ललित गुरुङ बताउँछन । प्रहरीको आडमा गरिएको यो रोपाईले के त्यहाँको जग्गाको स्वामित्वको बिवाद अन्त्य हुन्छ उनले प्रश्न गरे ।

प्रकाशित मिति : १२ मंसिर २०७६ बिहिबार ००:००  ८ : २३ बजे