१० मंसिर २०८१, सोमबार | Mon Nov 25 2024

शिवराज १० उपनिर्वाचनः दलहरुको आ–आफ्नै चुनाव जित्ने दाबी



मायादेवी अनलाइन, वाणगंगा ।
मौन अवधिको पूर्वसन्ध्यामा कपिलवस्तुका राजनीतिक दलहरु बुधबार दिनभर चुनावी प्रचार प्रसारमा व्यस्त देखिएका छन् । आसन्न मंसिर १४ गते जिल्लाको शिवराज नगरपालिका वडा नं. १० मा उपनिर्वाचन हुँदै छ । उक्त निर्वाचन आ–आफ्नो पक्षमा पार्नका लागि बुधबार दिनभर दलहरु व्यस्त देखिएका छन् ।
निर्वाचन आयोगले बुधबार राती १२ बजे देखि मौन अवधि सुरु गर्दै छ । मौन अविधिमा दलहरुले चुनावी प्रचार प्रसार अभियान सञ्चालन गर्न पाउँदैनन् ।
२०७४ को स्थानीय तह निर्वाचनमा स्वतन्त्र उम्मेदवारले यहाँ चुनाव जितेको वडा हो । स्वतन्त्र रुपमा चुनाव जित्नुभएकी शकुन्तला भारतीको निधन भए पश्चात यहाँ मंसिर १४ गते उप निर्वाचन हुन लागेको हो ।
चुनाव आ–आफ्नो पक्षमा पार्नका लागि नेपाल कम्युनिष्ट पार्टी (नेकपा), नेपाली कांग्रेस, समाजबादी पार्टी र राष्ट्रिय जनता पार्टी (राजपा) कम्मर कसेर लागेका छन् । यी दलहरुले चुनाव आ आफ्नो पक्षमा आउने दाबी गर्दै आएका छन् । साविक लालपुर गाविस समेत रहेको यस वडा मधेसी जनता बसोबास गरेको क्षेत्र हो ।

प्रकाशित मिति : ११ मंसिर २०७६ बुधबार ००:००  ७ : ४० बजे