१० मंसिर २०८१, सोमबार | Mon Nov 25 2024

कपिलवस्तु सहकारीको रकम हिनामिना गर्ने मुख्य आरोपी पक्राउ



मायादेवी अनलाइन, तौलिहवा ।
कपिलवस्तु सहकारीको रकम हिनामिना गर्ने मुख्य आरोपी पक्राउ परेका छन् । सहकारीको रकम हिनामिना गर्ने मुख्य ओरोपी राजेश कान्दु पक्राउ परेका हुन् । सहकारीका शेयर सदस्यहरुले बुधवार जोहरी दर्ता गराए पछि गुप्तालाई प्रहरीले तौलिहवा बजारबाट पक्राउ गरेको हो ।
गुप्तामाथि सहकारीको एक करोड ४ लाख हिनामिना गरेको आरोप लागेको प्रहरी नायब उपरिक्षक सुनिल मल्ले बताए । ‘अदालतबाट म्याद थपेर कारबाही प्रकृया अघि बढाएका छौं’ उनले भने ।
श्रोतका अनुसार हिनामिना गरेको रकमबाट गुप्ताले तौहिहवामा तीन तले घर बनाएका छन । ठाउँठाउँमा घडेरी समेत खरिद गरेको र मिटर ब्याजमा समेत रकम लगानी गरेका छन् ।
गुप्ताले सहकारीमा एक दशक अघि देखि यस्तो कारोवार हुँदै आएको संचारर्मीलाई बताएका छन । आफुले केही बर्ष अघि देखि मात्र यस्तो गरेको बताएका छन । सहकारीमा कुल साढे ११ करोड हिनामिना भएको छ ।

प्रकाशित मिति : ११ मंसिर २०७६ बुधबार ००:००  ७ : २४ बजे