९ मंसिर २०८१, आइतबार | Sun Nov 24 2024

तातो पानी पिउँदा फाइदै फाइदा



एजेन्सी ।

थकान महसुस भएको छ भने तातो पानीले नुहाउँदा थकान हट्छ ।

लुतो वा छालासम्बन्धी अन्य समस्या भएका व्यक्तिले तातो पानीले नुहाउनु उपयुक्त हुन्छ ।

तातो पानीमा थोरै गुलाबजल मिसाएर नुहाउनाले छाला राम्रो हुन्छ । साथै, जीउ दुखेको पनि बिसेक हुन्छ ।

तातो पानीको सेवनले शरीरमा रक्तसञ्चार सन्तुलित हुन्छ ।

तातो पानीमा कागतीको रस र मह मिसाएर बिहान पिउँदा रोगप्रतिरोधी क्षमता बढ्छ ।

बिहान उठेर तातो पानी पिउनाले कब्जियतको समस्या समाधान हुन्छ ।

तातो पानीको सेवनले हड्डी र जोर्नीसम्बन्धी समस्याबाट पनि राहत मिल्छ । मनतातो पानीले जोर्नीमा घर्षण कम गरिदिन्छ, जसकारण भविष्यमा बाथ रोगजस्तो गम्भीर रोग लाग्ने जोखिम कम हुन्छ ।

श्वासप्रश्वास र मिर्गौलासम्बन्धी समस्या भएकाले चिसो पानीको सट्टा मनतातो पानी पिउनुपर्छ । यस्तो समस्या भएकाले चिसो पानीको सेवन गरेमा मिर्गौला र फोक्सो बढी उत्तेजित हुने भएकाले समस्या आउन सक्छ ।

चिसो मौसममा तातो पानी पिउने गरेमा रुघा, खोकीलगायत समस्या लाग्ने जोखिम कम हुन्छ ।

प्रकाशित मिति : १३ मंसिर २०७६ शुक्रबार ००:००  ७ : ४१ बजे