११ मंसिर २०८१, मंगलबार | Tue Nov 26 2024

फर्जी चेक प्रयोग गरेर उन्नाइस लाख रुपैयाँ चोरी गर्ने ६ जना पक्राउ



काठमाण्डौ ।
महानगरीय प्रहरी परिसर काठमाण्डौले विभ‍िन्न बैंकबाट झण्डै उन्नाइस लाख रुपैयाँ चोरी गरेको आरोपमा ६ जनालाई पक्राउ गरेको छ । पक्राउ परेका सबै जना नेपाली नागरिक रहेको र उनीहरुले फर्जी चेक बनाएर त्यसमार्फत रकम निकालेको प्रहरीले जनाएको छ । नेपाल राष्ट्र बैंकले दिएको सूचनाका आधारमा महानगरीय प्रहरी परिसर, काठमाण्डौले गरेको अनुसन्धानका क्रममा अठार वटा बैंकबाट झण्डै उन्नाइस लाख रुपैयाँभन्दा बढी चोरी भएको पुष्टि भएको हो ।
काठमाण्डौमा रहेका कुन कुन बैंकका शाखाबाट कति कति रकम झिकियो भन्नेबारे यकिन नभए पनि १९ लाख १९ हजार रुपैयाँ बरामद भइसकेको महानगरीय प्रहरी परिसर काठमाण्डौले जनाएको छ ।

प्रकाशित मिति : ११ मंसिर २०७६ बुधबार ००:००  १ : ४६ बजे