९ मंसिर २०८१, आइतबार | Sun Nov 24 2024

के हो एपेन्डिसाइटिस ?



मायादेवी अनलाइन । 

हाम्रो शरीरको ठूलो आन्द्रा र सानो आन्द्राको छेउमा तलपट्टि हुने चार इन्चजति लामो नलीलाई ’एपेन्डिस’ भनिन्छ। यो पेटको दायाँतिर तल्लो भागमा हुन्छ । एपेन्डिसको काम के हो भन्ने निश्चित छैन। कतिपय अनुसन्धानले यो शरीरमा काम नलाग्ने अंग भएको र मानव विकास क्रममा आफैं हराएर जाने बताएका छन् ।

कतिपयले एपेन्डिस राम्रा जीवाणुको ‘स्टोर हाउस’ भएको र यसले मान्छेलाई झाडापखाला भएपछि पाचन प्रणाली दुरूस्त पार्न सहयोग गर्ने बताएका छन् ।

त्यही एपेन्डिसमा संक्रमण भयो भने सहन नसक्ने गरी पेट दुख्छ । एपेन्डिसमा घाउ हुँदा त्यो सुन्निन्छ । कतिपय अवस्थामा फुट्न पनि सक्छ । सामान्य शल्यक्रिया गरेर एपेन्डिस काटेर फालिन्छ । आजकाल डाक्टरहरूले अरू नै कारणले बिरामीको पेटको शल्यक्रिया गर्नुपरेका बेला पनि एपेन्डिस काटेर फाल्दिने गर्छन् ।

प्रकाशित मिति : १० मंसिर २०७६ मंगलबार ००:००  १० : ३८ बजे