काठमाडौं । एपेन्डिसाइटिसको शल्यक्रिया गराएका प्रधानमन्त्री ओलीलाई पूर्वराजा ज्ञानेन्द्र शाहले स्वास्थ्यलाभको सन्देश पठाएका छन् । पूर्वराजा शाहले आफ्ना सहयोगीमार्फत स्वास्थ्यलाभको सन्देश पठाएका हुन् ।
प्रमुख सचिव पशुपतिभक्त महर्जन पूर्वराजा शाहको सन्देश बोकेर मंगलबार मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टर पुगेका थिए। शाहको सन्देशमा स्वस्थलाभको कामना गरिएको उनका संवाद सचिव फणि पाठकले जानकारी दिए ।
ओलीलाई शल्यक्रियापछि सघन उपचारको सम्पूर्ण व्यवस्थासहित निरन्तर निगरानीमा राखिएको अस्पतालले जनाएको छ । सेन्टरका कार्यकारी निर्देशक प्राडा उत्तम कृष्ण श्रेष्ठले प्रधानमन्त्रीको स्वास्थ्य स्थितिका बारेमा जानकारी दिँदै शल्यक्रियापछि स्वास्थ्य अवस्था स्थिर रहेको जनाएका हुन् ।
प्रतिक्रिया