मायादेवी अनलाइन, वाणगंगा ।
रुपन्देहीको सैनामैना निवासी सूर्य बरालमाथि वैदेशिक रोजगार सम्बन्धि ठगी गरेको समाह्वान म्याद पत्र बाणगंगा नगरपालिका वडा नम्बर ७ मा आएको छ ।
सैनामैना-११ भँचना स्थायी घर भएका बरालमाथि कपिलवस्तुको बुद्धभूमि नगरपालिका-२ बस्ने दिलिप कुमार ठाकुरले लगाएको वैदेशिक रोजगार ठगी मुद्धाको समाह्वान पत्र जिल्ला अदालत हुँदै मंसिर ९ गते सोमबार वडा कार्यालयमा आएको हो ।
ठाकुरले वैदेशिक रोजगारको नाममा आफूसंगै केही ब्यक्तिलाई ठगी गरेको भनी गत असोज २८ गते न्यायधिकरणमा मुद्धा दायर गरेको जनाइएको छ ।
सोही मुद्धाको आधारमा वैदेशिक न्यायाधिकरण काठमाण्डौँले आदेश पत्र जारी गरी बराललाई ७ दिन भित्र बाटो म्याद बाहेक उच्च अदालतमा हाजिर हुन उल्लेख छ । अदालतको आदेश बमोजिम बराल अदालतमा उपस्थित नभए उनीमाथि वैदेशिक रोजगार ऐन दफा २०६४ को दफा १० र ४३ बमोजिम ठगी कसुर लाग्ने छ । उनीमाथि परेको मुद्धाको दर्ता नं. पिटी ००८४ रहेको छ ।
यता बरालले भने आफुले पीडितलाई रकम बुझाइसकेको दाबी गरेका छन् । तर, अदालतमा उपस्थित भने उनी भएका छैनन् ।
१० मंसिर २०७६ मंगलबार ००:००
0
Shares
प्रतिक्रिया