१० मंसिर २०८१, सोमबार | Tue Nov 26 2024

सीसीटीभीबाट पत्ता लाग्यो वानेश्वरमा डाक्टरलाई ठक्कर दिने बस, चालक रामेछापबाट पक्राउ



काठमाडौं ।
काठमाडौंको नयाँ बानेश्वरमा सिभिल अस्पतालका चिकित्सक प्रभु जोशीलाई ठक्कर दिएर भागेको गाडीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
रोमछापबाट बा४ख ६१४ नम्बरको बस र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।
काठमाडौं प्रहरी परिसर, टेकुका डीएसपी होविन्द्र बोगटीले गाडी नियन्त्रणमा लिइएको पुष्टि गरे पनि पक्राउ परेका व्यक्तिको नाम खुलाएनन् । ‘सीसी टीभी फुटेजको हेर्दा डाक्टरसँग उक्त बस क्रस भएको देखिन्छ’, उनले भने ।
स्रोतका अनुसार पक्राउ परेका सवारी चालकले भने दुर्घटना गराएको अस्वीकार गरेका छन् । यद्यपि, बस्तुस्थितिले उनकै गाडी घटनामा संलग्न भएको देखिने प्रहरी बताउँछ ।
आइतबार बिहान मर्निङ वाकमा हिँड्ने क्रममा अज्ञात सवारी साधनको ठक्करबाट जोशीको मृत्यु भएको थियो ।

प्रकाशित मिति : १० मंसिर २०७६ मंगलबार ००:००  २ : ३७ बजे