बुटवल ।
लुम्बिनी वाङ्मय प्रतिष्ठान रुपन्देहीले शनिबार कृति समीक्षा कार्यक्रम राखेको छ ।
कार्यक्रममा कवि टंकनाथ ज्ञवालीद्वारा रचित ‘मेरो देश’ कृतिको समीक्षा छन्दका अभियन्ता कवि कविराज पौडेल र संस्कृतिविद् राजेन्द्रकुमार आचार्यले गर्नुभएको थियो ।
कार्यक्रममा बोल्दै लुम्बिनी वाङ्मय प्रतिष्ठान नेपालका अध्यक्ष हिमलाल ज्ञवालीले ‘मेरो देश’ कृतिले नेपाली माटो, स्वाधिनता, अखण्डता र राष्ट्रप्रेमको भाव व्यक्त गरेको भन्दै देशको वर्तमान सीमा सम्बन्धमा देखिएको समस्या समाधानका लागि सबै नेपाली मिलेर देशको भू-भाग जोगाउनुपर्ने कुरामा जोड दिनुभयो ।
त्यसैगरी लेखक तथा लुम्बिनी वाङ्मय प्रतिष्ठान नेपालका केन्द्रीय महासचिव ऋषि आजादले भाषा, साहित्य, कला र संस्कृति संरक्षणमा वाङ्मय प्रतिष्ठान निरन्तर रूपमा लागिरहेको र यसमा सबैले साथ दिन समेत अनुरोध गर्नुभयो भने वाङ्मयका रुपन्देही अध्यक्ष पुरुषोत्तम पाण्डेयले देशप्रेमी र राष्ट्रभक्त नेपालीहरूले लिम्पियाधुरा, लिपुलेक र कालापानीमा भएको वैदेशिक हस्तक्षेप रोक्न आ-आफ्नो ठाउँबाट सबै लाग्नुपर्ने र रचनामार्फत् सीमा अतिक्रमणको खबरदारी गर्नुपर्ने बताउनुभयो ।
लुम्बिनी वाङ्मय प्रतिठान रुपन्देहीका अध्यक्ष पुरुषोत्तम पाण्डेयको अध्यक्षता, केन्द्रीय अध्यक्ष हिमलाल ज्ञवालीको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा पूर्व जिल्ला शिक्षा अधिकारी रुद्रलाल उपाध्याय, गीता बन्जाडे, हिरप्रसाद शर्मा पोखरेल, पुनाराम घिमिरे, गणेश घिमिरे, वसन्ता गैरे, पीताम्बर भण्डारीले शुभकामना, माधव सापकोटाले स्वागत मन्तव्य र टंकनाथ ज्ञवालीले कृतिको रचनागर्भका बारेमा मन्तव्य दिनुभएको थियो ।
उक्त कार्यक्रममा रामनाथ गौतम, शालिकराम रिजाल, रुद्रप्रसाद आचार्य, महेन्द्र प्रसाद भुसाल, कृष्णप्रसाद रेग्मी, खिमप्रसाद आचार्य, ताराप्रसाद अर्याल, पुनाराम घिमिरे, घनश्याम ज्ञवाली, हरिप्रसाद शर्मा, रमा आचार्य, शारदा गौतम, भोजराज ज्ञवाली, वेदराज ज्ञवाली, सुरेश अर्याल, यज्ञलाल सुवेदी, रामप्रसाद आचार्य, रमेश ज्ञवाली, नारायणप्रसाद बन्जाडे, माधव कुमार पौडेल, सालिकराम गौतम, हरि बहादुर थापा, कुल विक्रम खनाल लगायतको उपस्थिति रहेको थियो भने कार्यक्रमको सञ्चालन संस्थाका सचिव कृष्ण घिमिरे गाउँलेले गर्नुभएको थियो ।
प्रतिक्रिया