अराज बेल्वासे, अर्घाखाँची ।
अर्घाखाँची जोड्ने मुख्य सडक गोरुसिङ्गे–सन्धिखर्क सडक १० दिन बन्द हुने भएको छ । नरपानी देखि घुम्टीसम्मको सडकका साघुरा घुम्टीहरु फराकिलो गराउने योजना अनुसार १० दिन बिहान ७ बजे देखि ११ बजे सम्म र दिउँसो १ बजे देखि ४ बजे सम्म सडक बन्द हुने सडक डिभिजन कार्यालय शिवपुरले जनाएको छ ।
सोमबार सन्धिखर्कमा प्रमुख जिल्ला अधिकारी बिजयराज पौडेलको संयोजकत्वमा बसेको यातायात ब्यवसायीसँगको छलफलले सडक निर्माणको लागि बन्द गर्ने निर्णय भएको हो ।
सडक साघुँरो तथा धेरै घुम्टिहरु भएकोले बढ्दो दुर्घटना न्युनिकरणको लागि सडक चौडा गर्न सडक बन्द गर्नु परेको बताइएको छ । राती तथा दिउँसो २ घण्टा भने सडक सञ्चालन हुने छ ।
प्रतिक्रिया