अजय मिश्र, कृष्णनगर ।
लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान अन्र्तगर पहिलो दिन सोमबार साँझ कृष्णनगर नगरपालिकामा दिप प्रज्वलन गरी शुभारम्भ गरिएको छ । हरेक बर्ष नोभेम्बर २५ तारिख देखि सुरु हुने अभियान १६ दिनसम्म मनाइने गरिन्छ ।
यस बर्ष अभियानको नारा ‘समानताको पुस्ता, बलात्कार विरुद्ध एक्यवद्धता’ रहेको छ । अभियानमा कृष्णनगर क्षेत्रका आफन्त नेपाल, पि.आर.सि नेपाल, साना हात लगायतले आयोजना गरेका छन् भने साथमा कृष्णनगर नगरपालिका, नेपाल प्रहरी र शसस्त्र प्रहरीले पनि सहकार्य गरेका छन् ।
कृष्णनगर नगरपालिकाका प्रशासकीय अधिकृत दामोदर भण्डारीको प्रमुख आतिथ्यतामा भएको दिप प्रज्वलन कार्यक्रममा आन्तरिक राजश्व कार्यलयका कार्यलय प्रमुख पुण्य गौतम, उद्योग बाणिज्य संघ कृष्णनगरका अध्यक्ष रामकुमार कौलापुरी, लाइन्स क्लबका अध्यक्ष दिनेश चन्द्र गुप्त, राष्ट्रिय मदरसा संघका राष्ट्रिय अध्यक्ष डा.अब्दुल गनि अल्कुफी, प्रदेश नं ५ मदरसा संघका उपाध्यक्ष मौलाना मसूद खां नेपाली लगायतको उपस्थिती रहेको थियो ।
शान्ति पुर्नस्थापना गृह (पि.आर.सि) का संयोजक भुमिराज भट्टराईको स्वागत मन्तव्य रहेको कार्यक्रमको सञ्चालन आफन्त नेपालका जिल्ला संयोजक केशर बिश्वकर्माले सन्चालन गर्नु भएको थियो । यस्तै अभियान अन्तर्रगत चन्द्रौटामा पनि दिप प्रज्वलन गरिएको थियो ।
प्रतिक्रिया