११ मंसिर २०८१, मंगलबार | Tue Nov 26 2024

कपिलवस्तुका सिडियोले भनेः ‘म खुला किताव हुँ’



मायादेवी अनलाइन, तौलिहवा ।
कपिलवस्तुका प्रमुख जिल्ला अधिकारी गजेन्द्र बहादुर श्रेष्ठले आफु खुला किताब जस्तै भएको बताउनुभएको छ । सरकारी जागिरको करिअरमा आफुले गरेका कामको बारेमा राम्रोसंग अध्ययन गर्न श्रेष्ठले आग्रह गर्नुभएको छ । सोमबार प्रशासनमा पत्रकारहरु संगको अनौपचारिक कुराकानीको क्रममा उहाँले यस्तो बताउनुभएको हो ।

प्रजिअ श्रेष्ठले सरकारी सेवामा आफुले उत्कृष्ट निजामती पुरस्कार पनि पाईसकेको बताउनुभयो । जनताको काम प्रति आफु सधै सजक रहेको भन्दै जिल्लाभित्र सरकारी कार्यालयले दिने सेवाप्रवाहमा सजता ल्याउनका लागि पहल गरिरहेको बताउनुभयो ।

प्रजिअ श्रेष्ठले कपिलवस्तुमा आफु आएदेखि राम्रा काम गरेको दाबी गर्नुभएको छ । जनताका सेवा प्रवाहलाई चुस्तदुरुस्त पार्न विभिन्न प्रयास गरेको भन्दै यसमा पत्रकारले नदेखेको गुनासो गर्नुभयो । कर्मचारी कम भएकोले सोचेजस्तो सेवा प्रवाह गर्न नसकिएको भन्दै उहाँले मन्त्रालयसंग कर्मचारी मागको पहल गरेको बताउनुभयो ।

कपिलवस्तुको प्रशासन सबैभन्दा पुरानो भएपनि अरु भन्दा पछाडि रहेको भन्दै यसलाई उत्कृष्ट बनाउन आफुले ‘स्मार्ट अफिस, स्मार्ट कर्मचारी’ को नारा दिएर सुधारका काम गरेको बताउनुभयो । आफ्नो जागिरे जीवन अब तीन÷चार महिनाको मात्र रहेको भन्दै आफु रहदासम्म राम्रो काम गरेर देखाउने बताउनुभयो ।

प्रकाशित मिति : ९ मंसिर २०७६ सोमबार ००:००  ५ : ४५ बजे