दाङ ।
प्रदेश पाँचका मुख्यमन्त्री शंकर पोखरेलले सीमा विवाद कुटनैतिक तरवरले समाधान हुने बताएका छन् । मुख्यमन्त्री पोखरेलले भारतले नाकाबन्दी गरेका बेला नेकपाकै नेतृत्वको सरकारले भारतलाई घुँटा टेकाउन बाध्य पारेको दावी गर्दै यसपटकको सीमा विवादलाई पनि कुटनैतिक तरवरले समाधान गर्ने बताए ।
सरकार राष्ट्रिय हितको पक्षमा दृढताका साथ अघी बढेको बताएका छन् । प्रेस संगठन दाङले आज तुलसीपुरमा गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले यस्तो बताएका हुन् ।
नेकपा स्थायी कमिटी सदस्य समेत रहेका मुख्यमन्त्री पोखरेलले कालापानी र लिपुलेक नेपालको भएको भन्दै त्यसलाई तथ्यमा सावित गर्न नेकपा र सरकार दृढ भएको बताए । सीमा विवाद चलिरहेका बेला काँग्रेस सभापति शेरबहादुर देउवाले प्रधानमन्त्रीलाई आक्षेप लगाएर गल्ती गरेको भन्दै उनले त्यस बिषयमा गल्ती बोलेको स्वीकार्न सुझाव समेत दिए । उनले नेपालको एक इन्च जमिन भारतलाई अतिक्रमण गर्न नदिने समेत बताए ।
नेकपाले सरकारको नेतृत्व गरेपछी कुल ग्राहस्थ उत्पादन बढेको भन्दै त्यसको वृद्धिदर भारतको भन्दा उच्च रहेको बताए । देशका सात प्रदेश मध्य सबैभन्दा धेरै विकास प्रदेश पाँचमा भएको मुख्यमन्त्री पोखरेलको दाबी छ । मुख्यमन्त्री पोखरेलले दाङको विकासकालागि आफू प्रतिवद्ध भएको उल्लेख गर्दै नेकपाले सरकारको नेतृत्व गरेपछी दाङको विकासले गति लिएको समेत बताए ।
९ मंसिर २०७६ सोमबार ००:००
0
Shares
प्रतिक्रिया