११ मंसिर २०८१, मंगलबार | Tue Nov 26 2024

निर्माण व्यवसायीहरु सडकमा



काठमाडौं ।
सरकारले गरेको म्याद थपको प्रतिबद्धता कार्यान्वयन नगरेको भन्दै निर्माण व्यवसायी सडकमा उत्रिएका छन् ।
नेपाल निर्माण व्यवसायी महासंघको नेतृत्वमा निर्माण व्यवसायीहरुले सोमबारदेखि बालुवाटरमा शान्तिपूर्ण धर्नामा बसेका छन् । शान्तिपूर्ण धर्ना एक सातासम्म दैनिक एक घण्टा रहने महासंघले जनाएको छ ।
महासंघ सार्वजनिक खरिद आठौं संशोधन नियमावली, २०७६ मा भएको म्याद थपको व्यवस्था थपेर सार्वजनिक खरिद ऐन संशोधन गर्नुपर्ने भन्दै आन्दोलित भएको हो । महासंघका अध्यक्ष रवि सिंहले सार्वजनिक खरिद ऐनमा बैंक क्रेडिट लाईनका बुँदामा समेत संशोधन गरिनुपर्ने बताए ।
सार्वजनिक खरिद ऐन अध्यादेशमार्फत संशोधन हुन लागेको सुनेका छौं, “तर हामी सरोकारवालाहरुसँग एक पटक पनि छलफल गरिएको छैन् । सार्वजनिक खरिद नियमावली पटक पटक आएर पनि लागू हुन सकेन, चाहेको जस्तो आएन । खरिद ऐन पनि त्यस्तो नहोस् भनेर प्रधानमन्त्रीको ध्यानाकर्षण गराउन धर्मामा बसेका छौं ।”
उनले निजी क्षेत्रसँग सहकार्य गरेर सार्वजनिक खरिद ऐन पूर्वाधारमैत्री, विकासमैत्री ल्याउनुपर्ने बताए । उनले काम गर्ने बेलामा पनि सार्वजनिक खरिद ऐन संशोधन नगर्दा म्याद थप पनि नभएको बताए । एक सातासम्म गरिने शान्तिपूर्ण धर्नाबाट आफूहरुको माग सम्बोधन नभए कडा खालको विरोधका कार्यक्रम ल्याउन बाध्य हुने चेतावनी महासंघले दिएको छ ।

प्रकाशित मिति : ९ मंसिर २०७६ सोमबार ००:००  २ : ५४ बजे