न्युयोर्क ।
अमेरिकी गायिका टेलर स्विफ्टको म्युजिक कपिराईटलाई लिएर उनको पूर्व संगीत प्रबन्धक स्कुटर ब्राउनलाई ज्यान मार्ने धक्की आएको छ । ज्यान मार्ने धम्की आएपछि संगीत प्रबन्धक स्कुटर ब्राउनले गाियका स्विफ्टसँगको छ महिना लामो विवादको अन्त्य गर्न सार्वजनिक रूपमा याचना गरेका छन् ।
सामाजिक सञ्जाल इन्स्टाग्राममा लामो फोटो पोस्टसहित उनले बारम्बार धम्कीहरू पाइरहेको जनाएका थिए । ‘गत हप्ता तपाईको अभिव्यक्ति आएपछि मेरो परिवारलाई असंख्य संख्यामा मार्ने धम्की आइरहेका छन्,’ उनले गायिका स्विफ्टलाई उल्लेख गर्दै पोस्ट गरेको फोटोमा लेखिएको छ, ‘म कुनै किसिमको सामाजिक सञ्जालमा युद्ध गर्न चाहन्न् । मेरो पत्नीलाई बारम्बार हाम्रा बच्चाहरूको सुरक्षालाई लिएर धम्की आइरहेका छन् ।’
गत हप्ता गायिका स्विफ्टले सार्वजनिक रूपमा संगीत प्रबन्धक ब्राउन र बिग मेसिन लेबल समूहले उनको केही गीतहरू अमेरिकी म्युजिक अवार्डमा प्रस्तुत गर्न रोक लगाएको जनाएकी थिइन् । ‘यो गीतहरू लेख्न मेरो पूर्व संगीत प्रबन्धक र म्युजिक रेकर्ड कम्पनीको हात थिएन् । उनीहरूले म र मेरो फ्यानहरूसँगको सम्बन्ध बनाउन केही योगदान गरेनन् । यसप्रति उनीहरूको धारणा आउनुपर्छ,’ उनले लेखेकी थिइन् । तर, बिग मेसिन लेबल समूहले उनका दाबी अस्वीकार गरेको छ । बिग मेसिनले सार्वजनिक गरेको प्रेस विज्ञप्तिमा उल्लेख गरिएको छ, ‘गायिका टेलर स्विफ्टले आफ्ना सबै गीतहरू अमेरिकी म्युजिक अवार्ड समारोहमा प्रस्तुत गर्न पाउँछिन् । बिग मेसिनलाई उनको प्रस्तुतिलाई लिएर कुनै आपत्ति छैन् । उनलाई रोक्ने अधिकार हामीसँग छैन् ।’
संगीत प्रबन्धक स्कुटर ब्राउनले गायिका स्विफ्टको गीतको क्याटलग खरिद गरेपछि उनको स्वरमा रहेको सबै गीतको कपिराईटको निम्ति वकिलसँग सहकार्य गरिरहेकी थिइन् । गत जुनमा ब्राउनको इथका होल्डिंगले स्कट बोर्चेटाको नेतृत्वमा रहेको बिग मेसिन लेबल खरिद गरेको घोषणा गरेको थियो । जसले गायिका स्विफ्टको ६ वटा एल्बम रिजिल गरेको थियो। यसमध्ये ग्रामी अवार्ड जितेको सन् २००८ को ‘फेयरलेस’ समेत परेको थियो। गायिका स्विफ्टलाई उनको स्वरमा रहेको पुरानो गीतहरू प्रस्तुत गर्न रोक लगाइएको थियो ।
गत वर्षमा गायिका स्विफ्टले बिग मेसिन लेबललाई छाडेर युनिभर्सल म्युजिकसँग सम्झौता गरेकी थिइन् । सन् २००६ मा आफ्नै नामको पहिलो एल्बम निकालेपछि कन्ट्री सिंगरका रूपमा चर्चामा आएकी गायिका स्विफ्ट, यो वर्ष विश्वको बढी कमाउने सेलेब्रिटीको सूचीमा परेकी थिइन् । उनको सांगीतिक यात्रालाई सम्मान गर्दै अमेरिकी म्युजिक अवार्डले यस वर्ष उनलाई ‘दशकको उत्कृष्ट आर्टिस्ट’ को प्रतिष्ठित सम्मान दिने भएको छ । गायिका स्विफ्ट अमेरिकी म्युजिक अवार्डमा हालसम्म सबैभन्दा धेरै २३ वटा अवार्ड जित्ने गायिकाको रूपमा परिचित छिन् । उनले वर्षको उत्कृष्ट आर्टिस्ट, म्युजिक भिडियो र गायिका विधाका अवार्डहरू जितेकी थिइन् ।
९ मंसिर २०७६ सोमबार ००:००
0
Shares
प्रतिक्रिया