मायादेवी अनलाइन, तौलिहवा ।
चुहावट नियन्त्रण गर्न गएका बिद्युतका कर्मचारीहरुमाथी हातपात गरिए पछि गत मंसिर ४ गते मध्यरातमा गरिएको ब्ल्याक आउट अझै जारी छ । ब्ल्याक आउटका कारण कपिलस्तुको शुद्धोदन गाउँपालिका– १ छपिया गाउँका ३ सय परिवार बिगत ५ दिन देखि अन्धकारमा बस्न बाध्य छन ।
घटनाका किटानी जाहेरी दिएका ब्यक्तिहरु अझै फरार रहेको र अझै कानुनी दायरामा आउन नसकेकोले सिसवा गाउँको ब्ल्याक आउट कायम नै राखिएको नेपाल बिद्युत प्राधिकरण तौलिहवा शाखाका प्रमुख जय कुमार यादवले बताए ।
लाईन जोड्न आग्रह गर्न प्राधिकरण तौलिहवामा पुगेका छपियाका स्थानीय अगुवाहरुलाई ५ दिन देखि ब्ल्याक आउट जारी रहदा आफुलाई पनि दुःख लागेको बताए । ‘दोषीलाई कानुनी दायरामा नल्याए सम्म र सिसवा गाउँमा भबिष्यमा बिद्युत चोरी नगर्ने प्रतिबद्धता नआए सम्म काटिएको लाइन जोड्दैनौ’ प्रमुख यादवले भने । यस बिषयमा आफुले क्षेत्रीय कार्यालय बुटवल र प्रजिअसंग परामर्श लिने उनले बताए ।
सो वडाका वडा अध्यक्ष तिलकराम यादवले घटनाको चाडै समाधान गरी छपियामा चाडै लाईन जोड्नु पर्ने बताए । उनले घटना खेदजनक भएको भन्दै यसको चाडै निकास निकाल्नु पर्ने बताए ।
चुहावट नियन्त्रण गर्न छपिया गाउँमा पुगेका बिद्युतका कर्मचारीहरुलाई स्थानीय मोहम्मद युसुफ खा र याकुफ खाले कुटपीट गरेका थिए । घटना पछि प्राधिकरणले दुई जना बिरुद्ध प्रहरीमा किटानी जाहेरी दिएको थियो ।
उता बिद्युत कर्मचारीहरुले अभियुक्तहरुलाई पक्राउ गर्न प्रहरीले ठोस पहल नलिएको भन्दै गुनासो गरेका छन । फरार भएका दुई जना अभिराव, चाकरचौरामा खुलेयाम हिडिरहे पनि प्रहरीले कुनै चासो नदिएको उनीहरु बताउँछन । प्रहरी उपरिक्षक सुनिल मल्लले फरार रहेका दुई जनाको खोजी कार्य जारी रहेको बताए ।
९ मंसिर २०७६ सोमबार ००:००
0
Shares
प्रतिक्रिया