मायादेवी अनलाइन, तौलिहवा ।
कपिलवस्तु नगरपालिकामा फुसको छानोमुक्त गर्ने अभियान अन्र्तगत नगरपालिकाको वडा नम्बर २ का ८१ बिपन्न परिवारलाई जस्तापाता बितरण गरिएको छ । मेयर किरण सिंह, प्रमुख प्रशासकीय अधिकृत बिमलराज आचार्य, सामाजिक विकास समितिका संयोजक प्रकाश गैरे र वडा अध्यक्ष रामभजन कलवारले बिपन्न परिवारलाई कर्कटपाता हस्तान्तरण गरेका थिए । यस अघि वडा नम्बर १ का ३० बिपन्न परिवारलाई जस्तापाता बितरण गरी सकिएको छ । ४१ एमएम र २६ गेजको टिनको जस्तापाता दिईएको हो ।
नगर प्रमुख सिंहले आगलालीका घटना न्यूनीकरण तथा बिपन्न परिवारलाई लक्षित गरी आफुहरुले चाथौ नगर सभाबाट नै कार्यक्रमको सुभारम्भ गरेको बताए । अभियानका लागि गत बर्ष ६० लाख र यस बर्ष एक करोड बजेट निनियोजन गरिएको उनले बताए । आगमी २ बर्ष भित्र नगरपालिकालाई फुसको छानामुक्त बनाउने गरी कार्य योजना बनाईएको उनले बताए ।
नगरपालिकाल भित्र रहेका १२ वडामा कुल २ हजार ७२५ फुस घर रहेको प्रमुख प्रशासकीय अधिकृत बिमलराज आचार्यले बताए । ‘हामीले १२ वटै वडाका गाउँबस्तीमा कर्मचारीहरु खाटएर फुस घरको संख्या यकिन गरेका हौ’ उनले भने ‘सबै वडाका फुस घरलाई क्रमशः बजेटले भ्याए सम्म बितरण गर्दै जानेछौ’ ।
कुन फुस घरले कतिवटा जस्तापाता पाउने हो प्राबिधिक टोलीले यकीन गरेका आधारमा जस्तापाता बाडिने छ । बर्षौ देखि फुसको घरमा गुजरा चलाउँदै आउकी बिपन्न रोशन खानले शनिवार घर बनाउन टिनको पाता पाउदा निकै खुशी लागेको बताए ।
प्रतिक्रिया