कपिलवस्तु ।
पूर्वराजा ज्ञानेन्द्र शाह आगामी हप्ता निजी भ्रमणको सिलसिलामा भैरहवा आउनुहुने भएको छ । शाहको निजी सचिवालयले जारी गरेको सूचनामा शाह केही दिनका लागि पश्चिम नेपालको भैरहवा आउन लागेको उल्लेख गरिएको छ ।
बुझिए अनुसार शाहले भैरहवालाई मुकाम बनाउँदै बिभिन्न जिल्लाको पनि भ्रमण गर्ने कार्यक्रम छ ।
शाह केही समययता सार्वजनिकस्थलमा समेत खुल्दै आउनु भएको छ । केही हप्ता अघि काठमाडौंको दरवारमार्गस्थित एक होटेलमा उहाँ राष्ट्रिय गीतमा नाचेको भिडियो सार्वजनिक भएको थियो ।
शाहले मुलुक र जनताको अवस्था दयनीय भएको भन्दै पटक–पटक चिन्ता जाहेर गर्दै आउनु भएको छ ।
९ मंसिर २०७६ सोमबार ००:००
0
Shares
प्रतिक्रिया