११ मंसिर २०८१, मंगलबार | Tue Nov 26 2024

पत्रकार पक्राउ पर्ने क्रम बढ्योः रमेश विष्ट



काठमाडौं ।
नेपाल पत्रकार महासंघले समाचार लेखेको आधारमा पत्रकारहरु गिरफ्तारीमा पर्ने क्रम बढेको भन्दै चिन्ता व्यक्त गरेको छ ।
आइतबार काठमाडौंमा पत्रकारविरुद्ध हुने अपराधको दण्डहीनता अन्त्यसम्बन्धी अन्तर्राष्ट्रिय दिवसको अवसरमा आयोजित कोणसभामा महासंघका महासचिव रमेश बिष्टले चिन्ता व्यक्त गरे । ०५२ साल यता हत्या भएका तथा बेपत्ता पारिएका पत्रकारहरुले न्याय पनि नपाएको बताए । हत्याजस्तो जघन्य अपराधमा दोषी देखिएका व्यक्तिहरु कारबाही पर्नुको सट्टा राजनीतिक संरक्षण पाएर खुलेआम हिँडेको उनले बताए ।
पछिल्लो समय पत्रकारहरुलाई गिरफ्तारी पक्राउ गर्ने, कुटपिट गर्ने, समाचार लेखेको आधारमा सांघातिक आक्रमण गर्ने, सुरक्षा निकाय समेत मुक दर्शक बन्ने कारणले दण्डहीनता बढेको महासचीव बिष्टले बताए ।
अहिले पत्रकारहरु सामाजिक रुपमा असुरक्षित बन्ने तथा सरकारसमेत विभिन्न विधेयकमार्फत समग्र पत्रकारितालाई अंकुश लगाउने, नियन्त्रण गर्ने योजनामा रहेको महासचिव बिष्टको आरोप छ ।

प्रकाशित मिति : ९ मंसिर २०७६ सोमबार ००:००  ६ : १७ बजे