पाल्पा ।
पाल्पाको तिनाउ गाउँपालिका वडा नम्बर ३ भुतखोला माथिको जंगलमा गत बिहीबार बिहान फेला परेको मानब कंकालको पहिचान भएको छ ।
कंकालसहित फेला परेको मोबाइल, झोला, कपडा र आइएमई नम्बरको आधारमा शवको पहिचान भएको जिल्ला प्रहरी कार्यलय पाल्पाले जनाएको छ । उक्त कंकाल तानसेन नगरपालिका वडा नम्बर १३ का १९ वर्षीय अविशेक भट्टराईको रहेको पाल्पा प्रहरीले पुष्टि गरेको छ ।
भेटिएका सामग्री सहित पुष्टि भएको कंकालको पोस्टमार्टम गरि परिवारलाई बुझाईएको छ । तानसेनस्थित जनता माविमा कक्षा १२ को परिक्षा दिएपछि बुटवल स्थित होटल ड्रिमल्याण्डमा कुक सम्बन्धि तालिम लिदै गरेका भट्टराई गत असार २६ गतेदेखि बेपत्ता भएका थिए ।
होटलमा तालिम लिन गएका भट्टराई घरमा नफर्केपछि परिवारले खोजबिन गरेपनि उनको अवस्था पत्ता लागेको थिएन । भट्टराईले जंगलमा गई झुण्डिएर आत्महत्या गरेको प्रहरीले अनुमान गरेको छ ।
८ मंसिर २०७६ आइतबार ००:००
0
Shares
प्रतिक्रिया