११ मंसिर २०८१, मंगलबार | Tue Nov 26 2024

शिवराज १० उपनिर्वाचनः नेकपाको घरदैलो तीव्र



राम प्रघट कोरी, चन्द्रौटा ।
मंसिर १४ गते हुने उपनिर्वाचनमा शिवराज नगरपालिका १० लालपुरलाई नेकपाले वहुमत सहित जित हासिल गर्न घरदैलो अभियानलाई तिब्र पारेको छ । वडाका सवै घरमा पुगेर सूर्यमा मतदान गर्न समेत नेकपाले अपिल गरेको छ ।
आम नागरिकका समस्यालाई पहिचान गरेको र नेकपाले सुखी जनता समृद्व नेपाल बनाउने अभियानमा रहेको नेकपा कृष्णनगर नगर कमिटि अध्यक्ष जाबेद खाँले वताउनुभयो ।
लालपुरमा शिक्षा, स्वास्थ्य तथा किसानहरुलाई सहज रुपमा सिंचाईको व्यावस्था गर्ने आफ्नो मुख्य उद्देश्य रहेको उम्मेदवार अदालत मनियारले वताउनुभयो । सडकको अवस्था नाजुक र किसानहरु चपेटामा परेकोले यसलाई समाधान गर्नु आफुनो मुख्य दायित्व रहेको मनियारले जनाउनुभयो ।
कपिलवस्तुको एक ठाउ मात्र निर्वाचन रहेको यस निर्वाचनमा नेकपाको जित निश्चित रहेको मतदाताले समयमै विकासप्रेमी व्यक्तिलाई छनोट गर्नुपर्ने नेकपा नेता भरत पोख्रेलले जनाउनु भयो । नेकपाको घरदैलो अभियानमा पूर्व मन्त्री ईश्वर दयाल मिश्र पनि लाग्नु भएको छ । लालपुर बासीलाई नेकपालाई मतदान गरी बिजय गराउन अनुरोध गर्नुभएको छ ।
उपनिर्वाचनलाई शान्त व्यवस्थित तरिकाले सम्पन्न गराउनुपर्ने भन्दै मतदाताहरुलाई नेकपाका नगर इन्चार्ज लंक बहादुर हमालले आग्रह गर्नुभयो । विगत २ वर्षको समयमा नेकपाले उल्लेखनिय काम गरेको समेत बताउनुभयो ।
लामो समयदेखि लालपुरका समस्याहरुलाई नजिकबाट हेर्नुभएका व्यक्तिलाई नेकपाले उम्मेदवार बनाएको भन्दै जित निश्चित रहेको नगर कमिटी सचिव जगत पौडेलले जानकारी दिनुभयो ।
घरदैलो कार्यक्रममा नेकपाका नेता बिजय जयसवाल, महादेब पोखरेल, गोकर्ण सापकोटा लगायतको सहभागीता रहेको थियो ।

प्रकाशित मिति : ८ मंसिर २०७६ आइतबार ००:००  ८ : ४८ बजे