११ मंसिर २०८१, मंगलबार | Tue Nov 26 2024

विश्वविद्यालयका लेखापाल १५ हजार घुससहित पक्राउ



लुम्बिनी ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोग बुटवलको टोलीले लुम्बिनी बौद्ध विश्वविद्यालयका लेखापाललाई घुससहित पक्राउ गरेको छ ।

आयोगले बौद्ध विश्वविद्यालयका लेखापाल रत्नेश्वर तिवारीलाई २५ हजार घुससहित पक्राउ गरेको हो । विश्वविद्यालयका लागि आवश्यक सामग्री खरिद गर्ने क्रममा घुस लिँदै गर्दा पक्राउ गरिएको अख्तियार बुटवलका प्रवक्ता सुरेश भुसालले जानकारी दिए ।

विश्वविद्यालयका उपकुलपति, रजिष्टारसहितका पदाधिकारी कार्यालय नभएको मौकामा उनले कार्यकक्षमै घुस लिएको अख्तियारले बताएको छ । नारद कोहारबाट

प्रकाशित मिति : ८ मंसिर २०७६ आइतबार ००:००  ५ : ३७ बजे