काठमाडौं ।
नेपाल समाजवादी पार्टीका नेता उपेन्द्र यादवले सरकारले मन्त्रिमण्डल पुनर्गठन गर्दा आफ्नो पार्टीलाई बेवास्ता गरेको आरोप लगाएका छन् । शनिबार पार्टीको पदाधिकारी बैठकपछि सञ्चारकर्मीहरुलाई प्रतिक्रिया दिँदै उनले सो कुरा बताएका हुन् । उनले भने, ‘हाम्रो पार्टी सत्ता साझेदार दल भएकोले मन्त्रिमण्डल हेरफेर गर्दा सल्लाह भएन, त्यसमा हाम्रो असहमति छ ।’
नेता यादवले आजको बैठकले सरकार र नेकपासँग विगतमा भएको सम्झौताहरुलाई कार्यान्वयन गराउन वार्ता समिति निर्माण गरिएको समेत बताए । त्यसमा पार्टी अध्यक्ष डा.बाबुराम भट्टराईसहित चारजना रहेको बताए । वार्ता समितिले संविधान संशोधन लगायतका मुद्धामा छलफल गर्ने उनले बताए ।
यसअघि सो पार्टीबाट स्वास्थ्यमन्त्रीको रुपमा सरकारमा प्रतिनिधित्व गरिरहेका यादव सरकार पुनर्गठनपछि कानुन, न्याय तथा संसदीय मामला मन्त्रीको जिम्मेवारीमा रहेका छन् । सरकार पुनर्गठनका बेला यादव भारत भ्रमणमा रहेका थिए ।
प्रतिक्रिया