मायादेवी अनलाइन, कपिलवस्तु ।
किसानका लागि सरकारले कपिलबस्तुको तिलौराकोटमा २० करोडको लागतमा निर्माण गर्ने भनेको चिस्यान भण्डारणको काम सुरु नभई, निर्माणको ठेक्का लिएका व्यक्तिले दुई करोड रकम लिएर फरार भएका छन् ।
२०७५ साल चैत २१ गते प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना व्यवस्थापन इकाई खुमलटार र मायादेवी एग्रो फार्म प्रा.लि. रुपन्देहीका अध्यक्ष काशीराम घिमिरे सहितको टोलीबीच ठेक्का सम्झौता भएको थियो ।
कपिलवस्तु नगरपालिकाको तिलौराकोट बर्मेेली टोलमा निर्माण गर्ने भनिएको कोल्ड स्टोरको हालसम्म काम सुरु नै भएको छैन । प्रधानमन्त्री कृषि आधुनिकीरकरण परियोजना धान सुपरजोन कार्यालय कपिलवस्तुले अनुगमनको जिम्मा पाएको थियो ।
मायादेवी एग्रो फार्म प्रालि रुपन्देहीका अध्यक्ष काशीराम घिमिरेलाई धान सुपरजोन कार्यालयले पटकपटक सम्पर्क गर्दा उनी सम्पर्कमा आएका छैनन् । घिमिरेसँगै शेयर सदस्य भएका अच्युतराज ज्ञवाली, घनश्याम पाण्डे, अनिल भुसाल क्षेत्री पनि यस विचमा विभिन्न बहाना बनाउँदै फार्म सन्चालनमा खासै चाँसो नदिएको अनुगमन बरिष्ठ कृषि अधिकृत मुकुन्द भुसालको प्रतिवेदनमा उल्लेख छ ।
परियोजनाको दुई करोड सरकारी रकम लिएर घिमिरे आठ महिना अर्थात गत चैतदेखि कार्यालयको सम्पर्कमा छैनन् । एक वर्षअघि घिमिरेले स्थानीय अनिल भुसाल क्षेत्रीको १ विघा १५ कठ जमिन भाडामा लिएर कोल्ड स्टोर निर्माण गर्ने भनेर मन्जुरीनाम सहित बडा कार्यालयबाट सिफारिशसमेत लिएको कपिलवस्तु नगरपालीका बडा ६ का अध्यक्ष राम दिनेश यादव बताउँछन् । ठूलो धनराशि लिएर सम्पर्क बाहिर रहेका घिमिरेलाई अझै कुनै कारबाहीको प्रकृया अघि बढेको छैन ।
प्रतिक्रिया