११ मंसिर २०८१, मंगलबार | Tue Nov 26 2024

कलाकारलाई चुनावी रन्को, बिष्णु खत्री र रमेश बिजी दुबैले दिए अध्यक्षको उमेदवारी



पोखरा ।
मङ्सिर ६ गतेदेखि सुरु भएको राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानको महाधिवेशनको दोश्रो दिन शनिबार निर्बाचनको लागि उमेदवारीको नाम दर्ता भएको छ । सोहि क्रममा अध्यक्ष पदका उमेदवारद्वय बिष्णु खत्री र रमेश विजीले पनि आ–आफ्नो उमेदवारी दर्ता गरेका छन ।
लगातार चुनावी माहोलको प्रचार हुँदै गर्दा एक आपसमा मिल्ने सहमतिसम्म पुगेका विष्णु र रमेश अन्ततः महाधिवेशनका प्रतिनिधिहरुले सह–अध्यक्ष नाराखियोस भन्नेहरुकै मत बढी भएपछि संस्थाले उक्त पदलाई खारेज गरि बिष्णु खत्री र मेश बिजीलाई चुनावी मैदानमा प्रबेस गराएको छ ।
तीन दिनसम्म चल्ने महाधिवेशन शुक्रबारबाट सुरु भएको हो । यस महाधिवेशनबाट लोक तथा दोहोरी गीत प्रतिष्ठानले नयाँ नेतृत्व पाउँदै छ । उक्त अधिबेशनको आयोजक भने संस्थाको शाखा गण्डकी प्रदेश पोखराले गरेको हो ।
अध्यक्ष पदका दुवै दाबेदार दोहोरी गीतका चर्चित खम्बा हुन् । बद्री पंगेनी अध्यक्ष रहेको उक्त संस्थामा अब भने उनी निबर्तमान अध्यक्ष भएका छन । उनले बन्दसत्रबाट अघिल्लो कार्यसमिति भङ्ग भएको घोषणा गर्दै नया आउने कार्यसमितिलाई शुभकामना पनि दिएका थिए ।
संस्थामा अन्य पदका लागि पनि उमेदवारी दर्ता सुरु भएको छ । १२ सय भन्दा बढी प्रतिनिधि यो बेला भोट हाल्नको लागि पोखराको सभागृहमा प्रखाईमा छन । यता कलाकारहरु पनि प्रचार प्रसारमै व्यस्त छन । चुनावी माहोलसंग घुलमिल भएका कलाकारहरुको अनुहार भने थकित देखिन्छ । चुनावको भोटिङ आइतबार विहान ८ बजे पछि मात्रै हुने निर्बाचन समितिले जानकारी दिएको छ ।

प्रकाशित मिति : ७ मंसिर २०७६ शनिबार ००:००  ७ : ३१ बजे