११ मंसिर २०८१, मंगलबार | Tue Nov 26 2024

दङ्गालीलाई उपचुनावको रन्को, निर्वाचनलाई मर्यादित बनाउन प्रहरी परिचालन



दाङ ।
आसन्न उपनिर्वाचनका लागि एउटा बुध केन्द्रमा सात जनादेखि १२ जना प्रहरी परिचालन गरिने जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । अति संवेदनशील क्षेत्रका लागि १० जना प्रहरी परिचालन गरिने जनाएको छ ।

दाङमा ३४ मतदानस्थल मध्ये २६ ओटा मतदान स्थल संवेदनशील र ६ ओटा अति संवेदनशील रहेको छ । दाङको निर्वाचन क्षेत्र नं. ३ को ‘ख’ मा हुने प्रदेशसभा सदस्य निर्वाचन र घोराही उपमहानगरपालिका–१६ मा हुने वडा अध्यक्ष पदको उपनिर्वाचनका लागि तोकिएका कुल ३४ मध्ये २६ ओटा मतदान स्थल सुरक्षाका हिसावले संवेदनशील रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायक उपरीक्षक विनोद विक्रम शाहले बताउनुभयो ।

प्रहरीका अनुसार ६ ओटा मतदानस्थल अति संवेदनशील छन् भने दुई ओटा मतदानस्थल मात्रै सामान्य रहेका छन् । आवश्यकता अनुसार र मागको आधारमा सुरक्षाकर्मी परिचालन हुने उहाको भनाई छ । आवश्यकता महसुस भएको खण्डमा बाहिरी जिल्लाबाट समेत सहयोगका लागि सुरक्षाकर्मी माग हुने उहाले बताउनुभयो ।

प्रकाशित मिति : ७ मंसिर २०७६ शनिबार ००:००  ७ : २१ बजे