११ मंसिर २०८१, मंगलबार | Tue Nov 26 2024

यो बर्ष पुरानै कार्यक्रम, आगामी बर्ष नयाँ ल्याउछुः मन्त्री भुसाल



बुटवल ।

नवनियुक्त कृषि तथा पशुपन्छी मन्त्री घनश्याम भुसालले आफु डर र लोभमा परेर काम नगर्ने प्रतिवद्धता दोहो¥याउनुभएको छ  ।

मन्त्री भएपछि पहिलो पटक गृह जिल्ला रुपन्देही आएका भुसालले शनिबार मणिग्राममा आयोजित कार्यकर्ता भेटघाट कार्यक्रममा बोल्दै उक्त प्रतिवद्धता दोहो¥याउनुभएको हो ।

अहिल्यै आफुसँग कृषिका नयाँ योजना नभएको भन्दै उहाले यो बर्ष चालु आर्थिक बर्षकै नीति तथा कार्यक्रमलाई राम्रोसँग कार्यान्वयन गर्ने र आगामी बर्षको वजेटमा मात्रै आफुले कृषि क्षेत्रको विकासका लागि नयाँ नीति तथा कार्यक्रम ल्याउने जानकारी समेत गराउनुभयो ।

उहाले निर्वाहमुखी र परम्परागत खेती प्रणालीलाई तोडेर बैज्ञानिक र व्यवसायीक खेती प्रणाली मार्फत मुलुकलाई समृद्ध बनाउने तर्फ आफुले सक्दो प्रयास गर्ने बताउनुभयो ।

आफुले सम्हालेको मन्त्रालयले मुलुकको समृद्धिमा ठुलो प्रभाव पर्ने भन्दै मन्त्री भुसालले पुरानै पद्धतीको कृषि प्रणालीमा आमूल परिवर्तन ल्याउनुपर्ने आवश्यकता औल्याउनुभयो । विकास गर्नु कठिन काम भएको भन्दै उहाले कठिन काम भए पनि असम्भव भने नरहेको बिचार व्यक्त गर्नुभयो ।

प्रकाशित मिति : ७ मंसिर २०७६ शनिबार ००:००  ७ : १९ बजे